विद्यालय शिक्षामा अभिभावको भूमिका सुरु हुन्छ । अभिभावक भनेका पहिला शिक्षक हुन् जस्ले चरित्र निर्माणको आधार खडा गरिदिन्छन् । एउटा विद्यार्थीको वास्तविक शिक्षा उसको घर र विद्यालयको सामूहिक प्रयास बाट मात्र सम्भव हुन्छ ।

विद्यालय र  अभिभावको सन्तुलित प्रयास बाट नै एउटा विद्यार्थीको उज्वल भविष्य निर्माण हुन्छ । अभिभावकको  संलग्नताले विद्यार्थीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

मानिसको चरित्र निर्माणको लागी बाल्यकाल नै उपयुक्त समय हो । यस अवस्थामा नै व्यक्तित्व निर्माणको जग राख्न जरुरी छ । यदि अभिभावको संस्कार उत्तम छ  भने  बालबालिकाको संस्कार पनि उत्तम नै हुन्छ । एउटा बच्चा जन्मदाको समयमा उसको आमा नै पहिलो शिक्षक हुनिछन आमा पछि उनीहरुमाथी उनीहरुको बुबाको व्यक्तित्व को प्रभाव पर्दछ ।

त्यसैले घरको वालवरणको प्रभाव बालबालिकामाथी स्वभाविक नै पर्न जान्छ । वच्चालाई विद्यालय पठाउनु भन्दा पहिला अभिभावकले उसको पालन पोषण मात्रै गदैनन्, उसलाई विभिन्न प्रकारका सही गलत कुराको ज्ञान  पनि दिन्छन् ।

बच्चाहरुलाई माया, संयम, शुद्ध उच्चारण विशुद्ध आचार व्यबहार सिकाउनु पनि अभिभावक कै कर्तव्य हो । बालबालिकालाई धेरै बढी माया गर्यो भने उनीहरु आलसी हुन्छन र कठोर अनुशासन र दण्डले उनीहरु उग्र र जिद्घि हुन्छन् ।

प्रत्यक अभिभावको चाहाना हुन्छ उनीहरुका सन्तानले अधिक भन्दा  अधिक ज्ञान प्राप्त गरुन् । त्यसैले उनीहरु बालबालीकालाई ज्ञान दिलाउन एक बाट  अर्को विद्यालयको खोजिमा लागिरहन्छन् ।

विद्यालयमा भर्ना गरेपछि अभिभावकले आफ्नो जिम्मेवारी तथा कर्तव्य पुरा गरेको मानिदैन । विद्यार्थीको भविष्य निर्माणमा जति भुमिका विद्यालय वा शिक्षकको हुन्छ त्यो भन्दा बढी अभिभावकले निर्वाह

हुन्छ त्यो भन्दा बढी अभिभावकले निर्वाह गर्नुपर्छ ।समय, परिवेश वदिलिएको छ शिक्षामा धेरै वरिवर्तन आएका छन् । तर अधिभावकको सोचाई  भने अझै पनि छोराछोरीलाई विद्यालय पठाएछि सबै कुरा पुग्छ भन्ने नै छ ।

त्यसैले विद्यालयले सञ्चालन  गरेको अभिभावक बैठकमा प्राय अभिभावकहरुको उपस्थिती कम देखिन्छ । यसले के देखाउछ भने  अभिभावकहरु आफ्ना बालबालिकाको प्रगतिबारे सोदपुछ गर्नुपर्छ ।

अहिलेका प्राय विद्यालयमा अतिरिक्त क्रियाकलाप जस्तै फुटबल, भलिबल आदी भईरहने गर्छन् तर अभिभावकको आफ्ना छोराछोरीलाई यस्ता क्रियाकलापमा भाग लिन दिदैनन् । तर त्यसो गर्नु सरासर गलत हो । आफ्ना नानीबाबुलाई यस्ता क्रयाकलापमा भाग लिन दिदा उनीहरुको आत्मविश्वाश बढ्छ ।

आजको यस प्रतिस्प्रधात्मक युगमा मानिसलाई आफ्नो जिविका चलाउन निकै नै व्यस्त रहनु पर्छ । साझ धाकेर घर फर्कदा  अभीभावकहरु आफ्ना  बालबालिकालाई सहयोग गर्न त एकतिर, राम्ररी कुरा पनि सुनिदिदैन । यसलाई बालबालिकाले आफुलाई वास्ता नगरेको ठान्छन्, उनीहरुमा विपरीत धारणा पैदा हुन्छ र अन्तत उनीहरु बिग्रिन जान्छन् ।

त्यसैले जतिसुकै थकान भए पनि अलिकती समय जुरायर आफ्ना बालबालीकाको कुरा सुनिदिनु पर्छ, उनीहरुको विद्यालयमा भएको गतिबिधिको बारेमा सोधपुछ गर्नुपर्छ, उनीहरुलाई चाहिएको सामाग्री समयमै उपलब्ध गराई दिनु पर्छ, र उनी हरुलाई गृहकार्यमा सहयोग गर्नु पर्छ।

अभिभावकहरु कामको बोझ र चिन्ताले गर्दा धेरै तनावमा हुन्छन् यो  त स्वभाविक नै  हो तर आफ्ना बालबच्चाको अगाडी कहिल्यै पनि उभिभावकहरुले आफ्नो तनाव र रिस प्रकट गर्नु हुदैन झगडा गर्नु  हुदैन गलत काम जस्तै जाड रक्सी पिउने, चुरोट खाने, खैनी खान जस्ता काम गर्नु हुदैन यसलाई बालबालिकाले आफ्नो स्वभावमा छिटै उतार्छन् ।

अभिभावक वर्गले कहिल्यै पनि बालबालिकाको अगाडी विद्यालय अथवा शिक्षकको बारे नकारात्मक कुरा गर्नु हुदैन यसो गर्दा उनीहरु विद्यालय वा शिक्षक प्रति नकारात्मक धारणा पैदा हुन्छ ।

आजभोलि विद्यार्थीमाथी पढाईको बोझ अत्यन्त बढ्दै गएको छ । परीक्षामा फेल भईयो भने विद्यालय र घर दुबै तर्फ बाट  गाली खाने डर हुन्छ त्यसैले विद्यार्थीले पढाईएको कुरा सम्झिनु भन्दा रट्न तर्फ ध्यान दिन्छन् । तर परीक्षाको आफ्नै महत्व छ तर यो नै सबथोक होइन भनेर सम्झाउने कर्तव्य विद्यालयमा शिक्षकको र घरमा अभिभावकको हो ।

सबै बालबालिकाको स्वभाव, बानी र क्षमता एकै नासको हुदैन । कोहि विद्यार्थी कुनै कुरालाई छिटै बुझ्न सक्छ भने कुनै बिद्यार्थी ढिलो बुझ्न सक्छन् । अभिभावकले आफ्ना बालबालिकाको क्षमता बुझेर घरमा त्यही अनुसारको व्यवहार गर्नु पर्छ ।

यदि, बालबालीकाले कुनै गल्ती गरे भने  पनि उनीहरुलाई माफ गरिदिनु पर्छ । गाली गर्दा वा दण्ड दिदा उनीहरु उग्र तथा जद्दि हुन्छन् ।

तसर्थ, अभिभावकले आफ्नो बालबालिकाको जानकारी राखिराख्नुपर्छ, उस्लाई सानै बाट गल्ती स्विकार्न सिकाउनु पर्छ, उसका साथीहरुको जानकारी राखिराख्न पर्छ, उसलाई चाहियको सामाग्री समयमै उपलब्ध गराईदिनुपर्छ, उसलाई समय समयमा घुमाउन लगिरहनु पर्छ, उसको स्वास्थ्यको जानकारी राखिराख्न पर्छ ।

घरमा राम्रो बातावरण भएको विद्यार्थीले परीक्षामा पनि राम्रो नतिजा प्राप्त गर्न सक्छ भने घरमा राम्रो बातावरण प्राप्त गर्न नसकेको विद्यार्थीले परीक्षामा पनि राम्रो वातावरण प्राप्त गर्न नसकेको विद्यार्थीले परीक्षामा पनि राम्रो नतिजा प्राप्त गर्न सक्दैन । त्यसैले विद्यार्थीको सफलतामा विद्यार्थीको सफलतामा विद्यालय शिक्षा र विद्यालय सिक्षामा अभिभावको भूमिका अत्यन्तै महत्तवपूर्ण हुन्छ ।

जिसी : बेनी नगरपालिकाद्धारा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालय शिक्षामा अभिभावको भूमिका शिर्षकको निवन्ध प्रतियोगितामा आधारभुत तहतर्फ द्धितिय भएका थिए ।

 

Leave a Reply