२१ औँ शताब्दीको यो युगमा समस्त जगतभर विजय प्राप्त गर्ने बलियो हतियार शिक्षालाई मानिन्छ । शिक्षा एउटा यस्तो हतियार हो जसका कार मानिस जल, थल र गगनका साथसाथै अन्तरारीक्षमा बस्ती बसाउने तरखरमा लागिपरेको छ ।

मानिसलाई सत्मार्गमा लैजाने बाटो हो शिक्षा, अन्धकारमय गुफामा आशाको एक किरण हो शिक्षा । पहिलेका मानिसहरु वर्षेभेललाई पार गर्न नसकेर खोलाको पारीपट्टि टुलुटुलु हेरिरहन्थे भने अहिलेका मानिसहरु सामुद्रिक यात्रामा तल्लिन छन् जसको श्रेय शिक्षालाई जान्छ ।

महान् बैज्ञानिक न्यूटनले ूकुनैपनि क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छू भनेको यो भनाइ अहिलेको अवस्थामा सुहाउँदो छ । मानिसहरुले प्रकृतिमाथि गरेको खेलबाडको प्रतिक्रियामा प्रकृतिले मानव जातिलाई नराम्रोसँग झापड हानेको छ ।

सन् २०१९ डिसेम्बरमा चीनको बुहान नामक ठाउँबाट सुरु भएको नोलेल कोराना भाइरसले आज विश्वभर आतङ्क फैलाएको कुरा हामीलाई अवगत नै छ । ुकोु र ुभिु भन्नाले ुकोरोना भाइरसु, ुडु भन्नाले ुरोगु र ु१९ु अर्थात् यो माहामारी उत्पन्न भएको समय भनेर यो माहामारीको बैज्ञानिक नाम कोभिड(१९ बन्न पुगेको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरस ९कोभिड(१९० ले विद्यालय शिक्षामा पारेको प्रभावका बारे जतिनै बयान गरेतापनि यो समुद्रमा थोपा सरह हुनेछ । कोरानाका कारण देशको सामाजिक, शैक्षिक र आर्थिक विकासमा ढिलासुस्ति भएको छ ।

तुलनात्मक ढङ्गले हेर्दा कोभिडले शिक्षामा ठुलो नकरात्मक असर पारेको छ । विश्वका कयौं विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक निकायहरु क्वारेन्टाइन र आइसोलेसनमा परिवर्तन भएका छन् । कोरोना भाइरस ९कोभिड(१९० ले गर्दा विश्वका ९०५ विद्यार्थिहरु शिक्षाबाट बञ्चित भएका छन् । यो सुन्दा मेरो मनमा पनि चसक्क पर्को थियो ।

विकसित देशहरुमा सेल्फ क्वारेन्टाइनमा बसेर अनलाइन कक्षा पनि सञ्चालन भइराखेका छन् । तर नेपाल जस्तो विकासका लागि भौतारिएको देशमा अनलाइन कक्षा सञ्चालन गर्नु भनेको मरभूमिमा पानी खोज्नु जस्तै जटिल हो ।

तथ्याङ्क अनुसार नेपालमा ७५५जनताले इन्ठरनेटको प्रयोग गर्छन् । यीमध्ये १७५ को घरमा मात्रै वा इपाइ जडान छ । बाँकी ५८५ डेटामा भर पर्न परेको छ । हाम्रो देश नेपालमा दरिद्रताको रेखाभित्र रहेका विद्यार्थी कम छैनन् । उनीहरुलाई उक छाक टार्न त सङ्घर्ष गर्नुपर्छ भने अनलाइन कक्षा उनीहरुका लागि सम्भव होला त रु

प्रयत्न त सरकारले पनि कहाँ नगरेको हो र १ नेपाल सरकारले कोभिड(१९ ले शिक्षामा पारीरहेको असर न्यूनिकरण गर्न आफ्नो कम्मर कसेको छ । यसले दुर्शिक्षा कार्यक्रम अन्तर्गत टेलिभिजन मार्फत शिक्षा दिने प्रबन्ध मिलाएको छ । तर आफैँ विचार गर्नहोस् न, जुन ठाउँमा फोनमा बेल्दा पनि रुखमा चढ्नुपर्ने अवस्था छ, त्यो ठाउँमा के यस्ता सुविधाहरु उपलब्ध होलान् त रु

कलिलो ओठमा जुँगी रेखा बस्न नपाउँदै शिक्षाका लागि विदेश भौतारिएका लाखौ युवा पिडिहरु कोरोनाको चपेटामा परेर कष्ठकर जीवन यापन गर्न वाध्य भएका छन् । तीमध्ये कतिपय विद्यार्थीको त पराई भूमिमा वैराखलाग्दो मृत्यु भएको छ ।

छोरा पढाइ सकेर कहिले फर्केला भनेर घरको ढोकामा कुरिरहेकी आमाले एक्कासि आफ्नो छोरा स्वर्गीय भएको कुरा सुन्दा उनलाई कस्तो होला ।

यसरी विद्यार्थी नै मृत्युको मुखमा हाम फाले भने, देशको शैक्षिक विकास हुन सक्छ त रुअवश्य सक्दैन । लकडाउनले पनि कोरोना भाइरस ९कोभिड(१९० लाई नियन्त्रण त गरेको छैन बरु यसले गर्दा शिक्षामा ठुलोधक्का परेको छ । यति लामो समय यसले गर्दा शिक्षामा ठुलो धक्का परेको छ ।

यति लामो समय सम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा पढाइप्रतिको मोह हट्दै गएको हामीले आफ्नै घरपरिवारमा देख्न सक्छौँ । विद्यार्थीहरु अरु नचाहिँदो चीजविजमा आकर्षित भएका छन् जुन खबर शिक्षाका लागि कदापि राम्रो होइन । विश्वभर माहामारीको रुपमा फैलिरहेको यस भाइरसका कारण सारा शैक्षिक कामहरु अचानक रोकिएको कुरा पनि हामीलाई थाहा नभएको होइन ।

शैक्षिक बर्ष(२०७६ मा हुने भनेको एस।ई।ई। परीक्षा यहीँ माहामारीले त रोकिएको हो नि । यसले गर्दा नै आन्तरिक मूल्याङ्कन गरेर नतिजा प्रकाशित गर्न परेको हो । एस।ई।ई। मा राम्रो गर्छु भनेर मिहिनेत र लगनशीलताका साथ पढाइ गरेका विद्यार्थीहरुको मस्तिष्कमा गहिरो चोट परेको छ । अझ ११ र १२ कक्षाको परीक्षाको त केहि ठेगान छैन ।

कोभिडका कारण नै लाखौँ विद्यार्थीहरु अहिले बिचल्ली परेका छन् । परीक्षा कहिले हुन्छ रु यो पापी भाइरस कहिले जान्छ ? भन्ने प्रश्नहरु अझैपनि कतिपय विद्यार्थीहरुको मनमा खेलिरहेका छन् । कोभिड-१९ ले शैक्षिक वर्ष-२०७७ मा नराम्रोसँग कालो बादल झैँ मडारिएको छ ।

विद्यार्थीहरुको पाठ्यक्रम कसरी सकिन्छ भनेर हाम्रा शिक्षक र अभिभाभकहरु पनि गहिरो सोचमा पर्नुभएको छ । डाक्टर, पाइलट, इन्जिनियर आजको देशका कर्णधार हुन् ।

यस्ता जनशक्ति उत्पादन गर्ने आधार शिक्षा नै खोक्लो भएपछि के यो देशको शैक्षिक विकास होला तरु मेरा विचारमा यदि यो कोरोना भाइरस ९कोभिड(१९० ले हम्रो पृथ्वीमा आक्रमण गर्न छोडेन भने, हरेक देशको शैक्षिक विकासले ओरालो बाटो लाउन समय लाग्दैन ।

खाने मुखलाई जुँगाले छेक्दैनू भनेझै यस्ता कतिपय यस्ता विद्यार्थीहरु पनि छन् जो घरमै बसेर शिक्षा आर्जन गरिरहेका छन् । तर शिक्षक बिनाको पढाइ भनेको हलो बिनाको गोरु जस्तै हो, होइन र रु शिक्षा भनेको देश विकास देखाउने ऐना हो । यदि शिक्षा नै सुस्तिएपछि यो देश के होला रु के हामीले अनुमान पनि लगाउन सक्छौ रु

नेपालबाटै पढाइको धोकोमा आफ्नो घरपरिवारवलाई चटक्कै छाडेर विदेश भित्रिएका यस्ता विद्यार्थीहरुको शव अहिले खोला झैँ बगेको छ । शिक्षालाई नै आफ्नो जीवन समर्पण गर्छु भन्ने पवित्र सोचका मानिसहरुको निधन हुनुभन्दा अरु नराम्रो के होला र १ यहि बेनी बजारमा पनि पहिले यस्ता कार्यकर्महरु छवासछुस मात्रै सञ्चालित हुन्छन् ।

यसले शिक्षक र विशेषत रुपमा विद्यालयका विद्यार्थीहरुको दिमाग तिखार्ने काम गर्थ्योस । तर कोरोना भाइरस ९कोभिड(१९० को श्रापले गर्दा विद्यालयका विद्यार्थीहरुलाई ठुलो र दीर्घकालीन प्रभाव परेको कुरा अविस्मरणीय छ ।

विद्यालयमा गएर विद्यार्थीले ज्ञान आर्जन गर्न सकेका छेनन् । विद्यार्थीहरुको सिर्जनात्मक कलामा मन हराउँदै गएको छ । यस्तै हुने हो भने अहिलेको माहामारीमा जनार्दनको रुप लिएका डाक्टरहरु भोलिको युगमा मकै हुनेछन् ।

सरकारले मात्र यसको विरुद्धमा लडाई गरेर कहाँ सम्भव हुन्छ र रु प्रकृतिवाट आफैँ उत्पन्न भएको यो भाइरसलाई परास्त गर्न हामी एकजुट हुनैपर्छ । यो हरेक नागरिकको कर्तव्य पनि त हो नि । ू

एकले थुकी सुकी, सयले थुकी नदीू भनेझैँ हामी पनि कोरोना विरुद्धको यस लडाईमा अन्तरआत्मादेखि नै संलग्न हुनुपर्छ। कोरोना भाइरसको विद्यालय शिक्षामा परिरहेको प्रभावलाई नियन्त्रण गर्न हामी विद्यार्थीहरुले विज्ञान तथा प्रविधिको आड लिन सक्छौँ ।

हेर्नुहोस कोभिडले विद्यालय शिक्षामा पुर्यानएको दर्दनाक चोट भुल्न नसकिने छ । विद्यार्थीहरुको पढाइमा रुचि नलाग्नु, शिक्षा खोक्लो र कछुवाचाले बन्नु र विद्यार्थीहरुको मृत्यु हुनु शिक्षालाई राम्रो खङ्केट त हुँदै होइन, हो र रु नेपाल जस्तो विकासन्मुक देशमा विद्यालय सुरु गर्नु त परै जाओस्, विद्यार्थीलाई शिक्षा दिने माध्यम पनि छँदै छैन ।

प्रदेश नं। ६ र ७ जस्ता विकासको उज्यालोपनाको आवास समेत गर्न नपाएका स्थानहरुमा पढाइको सुविधा पुर्या्उनु नेपालका लागि अन्धकारमा उज्यालो खोज्नु जस्तै हो ।

विद्यालय शिक्षामा कोभिड(१९ ले पारेको प्रभावका कारण विद्यार्थीहरु अल्छी बन्दै गएका छन् । उनीहरु नै देशको रखवालाहरु हुन ।यदि उनीहरुलाई नै पढाइबाट बञ्चित हुन पर्योी भने भविष्यमा देलाई जुन दरिद्रता खप्नु पर्छ त्यो आजका युवाले सोच्न पनि सक्दैनौ ।

तसर्थ विद्यालयको शिक्षा र शैक्षिक विकास रथका दुई प्राङ्ग्रा हुन । एउटाको विना अर्को कसरी अघि बढ्न सक्ला र १ अहिले मानिसहरुको निधन हुन नौलो कुरा होइन । फुलले सुवास, हिमालले स्वर्गीय आनन्द र हावाले शीतलता दिए झैँ शिक्षाले मानिसलाई मान र प्रतिष्ठा दिएको हुन्छ ।

शिक्षा नहुनु भनेको विद्यार्थीले आफ्नो स्वभिमान गुमाउनु हो । त्यसैले हामीले विद्यार्थीहरु । भोलिका कर्णधार को शिक्षालाई सकेसम्म अधुरो राख्नु हुदैन । पुलिस र डाक्टरहरु अहिले हाम्रा प्रमेश्वर बनेका छन् । हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ । कुनै पनि युद्धमा व्यक्ति एक्लैले विजय प्राप्त गरेको हुदैन ।

त्यसैगरी कोरोना भाइरस ९कोभिड(१९० को कालो बादललाई पृथ्वीबाट हटाउन हामी हातमा हात र काँधामा काँध मिलाएर रणनीति तयार पार्नुपर्छ । अनि बल्ल विद्यालय शिक्षामा यो प्राणघातक रोग भाइरसले पारिरहेको प्रभावलाई सन्तुलनमा ल्याउन सक्छौँ । ूमिहिनेतको फल मिठो हुन्छू भनेझैँ हामीले पनि मिहिनेत गर्नुपर्छ ।

शर्मा बेनी नगरपालिकाद्धारा आयोजित निवन्ध प्रतियोगितामा मावितर्फ द्धितिय भएकी हुन् ।

Leave a Reply