पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थानका एक बालकको आँखाको शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराका चिकित्सकले गम्भीर लापरवाही गरेको भेटिएको छ ।

मालिका–६ दरबाङमा बस्दै आएकी दलिमा फगामीका ५ बर्षिय छोराानिदप फगामीको साथीहरुसँग खेलिरहेको बेलामा आँखामा ढुंगाले लागेर घाईते भएपछि हेलिकप्टरबाट पोखरा अस्पतालमा पुर्याइएकोमा चिकित्सकको चरम बेवास्ताका कारण २० घण्टा पछिमात्रै शल्यक्रिया गरेको तथ्य सार्वजनिक भएको छ ।

गएको भदौ ५ गते खेल्न घरबाहिर निस्किएका बालकको आँखामा चोट लागेपछि सडकमार्ग हुदै लैजाँदा दृष्टि गुम्ने डरले हेलिकोप्टरबाट अस्पतालमा पुर्याइएपनि चिकित्सक सहिततको टोलीले आवश्यक उपचार र शल्यक्रियाका लागी गर्नुपर्ने तयारीमा कुनै चासो नदेखाएका ड्युटीका डाक्टरले ढिलाले अस्पतालको प्रतिष्ठामै असर गरेको भन्दै व्यवस्थापनले प्रष्टीकरण सोधेको छ ।

१ लाख २० हजार रुपैयाँ भाडा तिर्नेगरी घाइते निदप, उनकी आमा र ढुंगा चलाउने बालकका अभिभावक हेलिकोप्टरमै पोखरा पुगेका थिए । हेलिकोप्टर पोखरा एअरपोर्टमा ल्यान्ड गरेर बिरामी बच्चालाई हिमालय आँखा अस्पताल भदौ ५ गते करिब ६ बजे पु¥याइएको थियो ।

भदौ ६ गते डा. इलिया श्रेष्ठले शल्यक्रिया गर्नुपर्ने बालकलाई अप्रेसनका लागि तयार नभएपछि इमर्जेन्सीका स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर आँखामा औषधी लगाइदिएको खवर पोखराको समाधान राष्ट्रिय दैनिकले छापेको छ ।

डा. बबिता गुरुङ र एकजना फेलो डाक्टर र भदौ ७ गते दिउँसो डा. गुरुङको ड्युटी रहे पनि उनी अप्रेसनका बेला उपस्थित नभएको बताइएको छ ।निदपको ढिलो गरी शल्यक्रिया त भयो, तर दृष्टि पहिलाको जस्तो छैन । आमा दलिमाले टेलिफोनमा भनिन्, ‘खाने खेल्नेमा त बाबु टाठै छ, चोट लागेको आँखाले नजिक राम्रोसँग देख्न सक्दैन ।’

दलिमाका पति वैदेशिक रोजगारीमा छन् । मालिकाकै वडा नम्बर ५ देवीस्थान घर भए पनि दलिमा दरबाङ बस्दै आएकी हुन् । दलिमाले भनिन्, ‘नानी पढाउन भनेर गाउँमा सासुससुरा छाडेर यहाँ बसेको यस्तो दशा पो आइलाग्यो ।’आँखा अस्पतालमा सामान्यतया बिरामी भर्ना गरिँदैन । गरिहाले पनि १÷२ रात राखिन्छ ।

निदपलाई भने ११ दिनसम्म अस्पतालमै राखियो । अहिले निदप म्याग्दीको दरबाङमै छन् । चिकित्सकले २ देखि ३ सातामा फेरि परीक्षणका आउनुस् भनेकाले असोज ६ गते पोखरा आउने तयारीमा निदपको परिवार छ ।

बिरामीको उपचारमा लापरबाही गरेको गुनासो अस्पताल व्यवस्थापन समितिमा पुगेपछि चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले डा. बविता गुरुङ र डा. इलिया श्रेष्ठसँग स्पष्टीकरण मागेका छन् । घटना भदौ ६ गतेको भए पनि अलि ढिलो गरी १० गते अस्पताल व्यवस्थापनले थाहा पाएको थियो ।

व्यवस्थापनले थाहा पाएलगत्तै आकस्मिक बैठक बसेर स्पष्टीकरण माग्न निर्देशन गरेपछि डा. महर्जनले १२ गते पत्र काटेका थिए ।म्याग्दीबाट हेलिकोप्टरमा ल्याएको बिरामीलाई भदौ ६ गते नै अप्रेसन नगरेको र भोलिपल्ट गर्दा पनि यस्तो सिरियस केसमा विशेषज्ञ उपस्थित नभई फेलो डाक्टरबाट गराएकोमा प्रश्न उठाएको छ ।

Leave a Reply