म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा अन्दाजी ३५–४० वर्षकी एक महिला बेवारिसे अवस्थामा फेला परेकी छन्। रोल्पा जिल्ला घर बताउने मानसिक सन्तुलन कम भएकी महिला दुई सातादेखि भकिम्लीको विभिन्न बस्तीमा बस्ने गरेको स्थानीयले बताएका छन् ।

विगत तीन महिना अगाडी म्याग्दीमा आएको बताउने महिलाले भकिम्लीको घरघरमा पुगेर मागेर खाने गरेको स्थानीय दिया श्रीषले जानकारी दिनुभयो । ‘रोल्पा घर भन्ने गरेपनि अन्य जानकारी छैन्,‘एक्लै बस्ने, टोलाएर बस्ने गरेकाले उद्धारमा समस्या भएको छ’ श्रीषले भन्नुभयो ।

स्थानीयले खाना दिने गरेपनि अधिकांस समय बाटोमा सुत्ने गरेकाले समस्या भएको बताएका छन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने अवस्थामा भएकाले बास्तविक परिचय खुल्न सकेको छैन् । स्थानीयले कसरी भकिम्ली पुगेको भन्ने जिज्ञासा राख्दा थाहा नभएको बताउने गरेकी छन्। उद्धार गरी आफन्तको आफन्त खोजेर जिम्मा लगाउन स्थानीयले अनुरोध गरेका छन् ।

Leave a Reply