” हे हजुर हामीले सोचेको जस्तो भएन

 विद्यालय खुल्छ भन्दाभन्दै बिते ४-४ महिना

 हजुर हामी अधि बढौँ  अधि बढौँ

वैकल्पिक सिकाईलाई जीवनमा रोजौँ ” ।

शिक्षा ऐन २०२८ को आठौँ संशोधन अनुसार प्रारम्भिक बाल कक्षा देखि  १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षा भनिन्छ । हाम्रा ऋषिमुनीहरुले बताए अनुसार जीवतको पहिलो सुख भनेको स्वास्थ्य र निरोगी शरीर हो ।

बिरामी हुनुका धेरै कारणहर, हुन्छन् । वातावरण चिन्ता, दूषित भोजन , मौसम , अनिन्द्र आदि अहिलेको समयमा विश्वलाई नै चपेटामा पार्दै आएको भाइरसको नाम हो कोरोना भाइरस । यस भाइरसको उत्पत्ति सन २०१९ को डिसेम्बरको अन्त्यतिर चिनको वुहान प्रान्तमा भएको हो त्यसैले वैज्ञानिकहरुले यस भाइरसलाई कोभिड-१९ नामाकरण गरेका हुन् ।

यो भाइरस सुक्ष्म भाइरस हो । यसका केहि लक्षण टाउको हरने, खोकी लाने, ज्वोरो ज्याउने जस्ता हुन यसबाट बच्न हामीले मास्क लगाउने, भिडभाड मा नजाने, साबुनपानीले पटक पटक हात धुने जस्ता सूरक्षा अपनाउना जरूरी छ। 

घर  बालबालिकाहरुको पहिलो पाठशाला हो । आमाबाबु पहिलो गुरु र गुरुआमा हुन। आफ्नो बालबालिकालाई शूशील, सभ्य र शिक्षित बनाउन आमा बाबूको महत्त्वपूर्ण भूमिका हुन्छ। यस समयमा कोभिड-१९ले गर्दा विद्यालय शिक्षा बन्द भएकोले गार्दा आमाबाबुले घरमै अनौपचारिक शिक्षा आफ्नो बालबालिकालाई सिकाउन जरुरी छ। अनौपचारिक शिक्षा जीवनोपयोगी बन्न सक्छ ।

रसियाका भ्याक्सिन गोकी र नेपालको झमक कुमारी घिमिरेले कुनै पनि औपचारिक शिक्षा हासिल नगरिकन विश्व वरिष्ठ साहित्यकार बनेको  उदाहरण हाम्रा अगाडि छन् ।

अहिलेको समयमा, मेरो गाउँमा वा शहरमा भएका साथीहरु बाँच्ने हुन कि मरिने हुन ? के पढ्ने जस्ता मनोवैज्ञानिक डर आउने गर्दछन । यस्तो व्यवस्थामा मनोसामाजिक परामर्श आवश्यक पर्देछ।कोभिड- १९ ले गर्दा शिक्षामा धेरै समस्या आएका छन् । विद्यार्थीले पढन पाइन, सिक्न पाइन जस्ता प्रस्ताव राखेका छन् ।

निजि विद्यालयमा निस्वार्थ रूपमा शिक्षा दिने  शिक्षकको  जागिर दाउमा परेको छ । विद्यालय बन्दको बन्द छन् । विद्यालय शिक्षामा कोभिड-१९ को प्रभावलाई हेर्नु पर्दा निम्नानुसारका सिकाईलाई अघि बढाउनु पर्ने आवश्यकता देखिन्छ ।

रेडियो शिक्षण, टेलिभिजन शिक्षण, शिक्षक घरमा गाएर पढाउने, परीक्षण गर्ने, गृहकार्य दिने, अनलाईन शिक्षण, शिक्षक आफ्नो घर वरिपरिको विद्यार्थी  लाई जम्मा गराई सुरक्षित ढङगमा कक्षा सन्चालन गर्ने, स्वअध्ययन सामग्री निर्माण गरेर वितरण गर्ने, विद्यालय शिक्षाको पाठयक्रमले निर्धारण गरेका पाठ्यपुस्तक बमोजिमका स्थानीय सीप र संस्कृति संग सम्बन्धित सिकाई स्थानीय अग्रज वा जेष्ठ नागरिकहरू बाट सिकाउने व्यवस्था मिलाउने जस्ता योजनाहरु आघि बडाएको पाईन्छ ।

कोभिड-19 ले गर्दा यस सालको एसईई परीक्षा रोकियो । झन्डै ५ लाख भन्दा बढी विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास   देखियो २00७ जेठ २८ गते मन्त्रि परिषदको बैठक बसेर आन्तरिक मूल्याङकनका आधारमा प्रमाणपत्र वितरण  गर्ने निर्णय गरियो ।

विद्यार्थीहरुको मानसिक स्वास्थ  सन्तुलित रख्न बोर्ड परीक्षा रद्द गरी आन्तरिक मूल्याकनआधारमा ग्रडिङ, गरेर माथिल्लो कक्षा चढाउने निर्णय स्वागत योग्य मानिन्छ ।

भनिन्छ जहाँ समस्या त्यही उपाय, त्यस्तै कोभिड-१९लाई एउटा  समस्याको रुपमा लिई सुनौलो अवसरको रुपमा लिनु पनि जरुरी छ।

नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र नि: शुल्क साथै माध्यामिक तहसम्मको शिक्षा नि: शुल्क गरेको अवस्थामा सरकारले कोभिड-१९ को समस्यालाई मध्यनतर गर्दै छात्रवृत्ति  दिनुको सट्टा मोबाइल किन्ने पहुँच नभएका  विद्यार्थीलाई एकएक वटा मोबाइल सहित सबै स विद्यार्थीलाई सस्तो र सर्वसुलभ तिन ३ महिने र ६ महिने जस्ता अनलिमिटेड डाटा प्याक उपलब्ध  गराइदिए सबै विद्यार्थीले मोबाइलबाट अनलाइन कलास जस्ता वैकल्पिक बिधि बाट दिइने शिक्षा र खोज  अनुसन्धान गर्न सक्थे ।

अमेरिका, अष्ट्रेलिया  जस्ता देशमा होम स्कुलिङको अवधारणालाई अगाडि बढाएको पाइन्छ।  हाम्रो देशमा पनि सुरक्षता अपनाई होम स्कुलिङको अवधारणा अघि बडाउन पर्ने देखिन्छ।अहिलेको समयमा हरेक विद्यार्थीहरु आफ्नो  आमाबाबु सगँ हुन्छन।

पढाई निरन्तरता दिननपाएपनि  अभिभावकहरुले अनौपचारिक तथा जीवनोपयोगी  नैतिक शिक्षा सिकारले गरेको सुन्न पाइएको छ।  घरमा लकडाउनको बेला कैयौं मानिसले खोज , अनुसन्धान तथा केही कुराको आविष्कार गरेको समाचार सुन्न – पाइएको छ।

यस पक्षलाई कोभिड-१९ को एक सकरात्मक प्रभावका कपमा लिन सकिन्छ । विद्यालय शिक्षामा कोभिडा -१९ को प्रभावलाई मध्यानतर गर्दे बैकल्पिक शिक्षालाई विशेष प्राथमिकता दिई शैक्षिक सत्र खेर जान नदिन अति जरुरी छ।

कोभिड-१९ संक्रमणको जोखिमले गर्दा विद्यालय शिक्षा नियामित रुपमा अवलम्बन गर्न नसकेको अवस्थामा रेडियो शिक्षण, टेलिभिजन शिक्षण, अनलाइन शिक्षण, होम स्कुलिङ जस्ता वैकल्पिक उपायलाई प्राथमिकता दिन जरुरी छ।

कोभिड-१९ को कारणले गर्दा  विद्यालाय तथा शिक्षालय बन्द भएका छन । विद्यालय तथा शिक्षालय बन्द भएपनि विद्यार्थीले सिकाई बन्द भएको  छैन  भन्ने सैद्धान्तिक मान्यताका साथ आधि बढ्न तथा नियामित शिक्षा र वैकल्पिक पदृतिलाई  एकअर्काका परिपुरकका रुपमा लिई शिक्षण सिकाई सुनिश्चित गर्न जरुरी छ ।

जसरी घामलाई हत्केलाले छेक्न सक्दैन त्यस्तै पठाईलाई पनि कुनै कुराले छेकबार लगाउँदैन भन्ने कुरा याद राखी यस समय मा वैकल्पिक शिक्षालाई रोज्न जरुरी छ। कोभिड-१९ले गर्दा  शैक्षिक सत्र २०७७  को झन्डै साढे चार महिना नियमित पढाइ बिना बितेको अवस्थामा विद्यालय शिक्षाको पाठ्यपुस्तकलाई संश्लेषण गरी आधारभूत कुरालाई जोड दिई सिकाईलाई जोड दिन जरुरी छ।

महामारीका कारण घरमै बरन बाध्य विद्यार्थीहरू वैकल्पिक शिक्षामा सरिक हुन जरुरी भएकोले यबै अभिभावकलाई आफ्नो बालबालिका लाई सरिक गराइदिनुहुन अनुरोध गर्दछु ।  मेरो बालबालिकाले बैकल्पिक शिक्षाबाट के सिके ?  के पढे?   जस्ता विषयहरुमा  अभिभावकहरुले चासो राख्न जरुरी छ।

अनलाइन क्लासको नाममा विभिन्न सामाजिक संजाल प्रयोग गर्ने, अमर्यादित साइटमा प्रवेश गर्ने तथा पकाइराखेको बेलामा अनलाइन गेम खेल्ने जस्ता गतिबिधिहरू  गरेको खबर सुन्न पाइए को छा यादि यस सालको एस.ई.ई परीक्षा वैकल्पिक शिक्षाका आधारमा गराईयो भने ती विधार्थी डुबेनन त?

 लाखौं पैसा खर्च गरेर पढाएको आमाबाबुको सम्पति खेर गएन त ? त्यसकारण मेरा बालबालिकाले के गरिराखेको छन ? के पढ्न लागेको छन ?  लगायत अन्य शिक्षासँग सम्बन्धित गतिविधिमा अभिभावकले विशेष ध्यान दिन पर्ने हुन्छ।

कोभिड-१९ को प्रभावले गर्दा यो  अवस्था सृजना भएको हो। यदि यो समयमा विद्याधीले खोज अनुसन्धान तथा वैकल्पिक शिक्षामा चासो राखेको छैन भने त्यस विद्यार्थीले आफनो घाउमा आफै नुन छर्किरहेको छ।

शिक्षाको क्षेत्रमा कोभिड-१९ले गर्दा  यसबेला हामी भत्किएका हौ । हो हामी शिक्षाको क्षेत्रमा भल्किरका छौ तर सक्किएका छैनौ। जसरी एउटा भात्किएका धरलाईठडाउन इट्टा माटो, पानी चाहिन्छ त्यस्तै भाल्कएको शिक्षालाई ठडाउन वैकल्पिक शिक्षाको आवश्यक पर्दछ जुन शिक्षा को क्षेत्रमा घाउमा मलम लगाए लस्तो हो।

अहिले सम्म सन्चालित वैकल्पिक शिक्षामा समेटिन नसकेकाविपन्न तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको शिक्षा सुनिश्चित गर्न – तीन तहका सरकारले समनवयात्मक कार्य हुने गरी कार्यक्रम सन्चालन  गर्नुपर्ने टडकारो आवश्यकता देखिन्छ ।

विद्यालय शिक्षा वैज्ञानिक, व्यवहारिक र जीवनोपयोगी बनाई घर  आगँन देखी शहार सम्म जोडनुपर्ने उपयुक्त अवसरका रुपमा लिन आवाश्यक छ । कोभिड – १९ को अहिलेसम्म कुनै पनि औषधि तथा भ्याक्सिन  बनिनसक्दा होम स्कुलिङ शैक्षिक मिटिङ गर्दा सुरक्षता अपनाउनुपर्ने आवश्याकता छ।

नेपालको संविधानको  अनुसूची ८ का अनुसार  विद्यालय शिक्षा स्थानीय तहको उपधिकार भित्र रहेको हुन्छ तर पनि तीनै तहका सरकारले एकअर्कामा दोषको हिलो छेपेछ्प गरेको दृश्य देख्न पाइन्छ । सरकारले देश र समाजको माटो सुहाँउदो शिक्षा प्रदान गरी देशको श्रम बजारमा काम,  समाजमा नाम, खोल्टीमा दाम हुनेजस्ता जन शक्ति  उत्पादन गर्न अग्रसर भई यसबेला शिक्षालाई अगाडि  बढाउनु पर्ने टड्कारो आवश्यकता रहको छ । मल्ल बेनी नगरपालिकाले आयोजना गरेको निवन्ध प्रतियोगितामा प्रथम भएका थिए 

विज्ञापन