बेनी नगरपालिका–४, सिंगामा रहेको हरियाली समुहको कालिज फार्ममा चितुवा पसेको छ । करिब ४ सय कालिज भएको खोरमा पसेको वयस्क चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

बिहिबार राती पसेको चितुवा विहान कालिजलाई दाना हाल्न जाने क्रममा कर्मचारीले देखेपछि भागेका थिए । फार्मभित्रै रहेको चितुवा नियन्त्रणका लागि डिभिजन बन कार्यालयका कर्मचारीलाई जानकारी गराइएकाले आवश्यक प्रक्रिया पुरा गरी उद्धार गरिने बताइएको छ ।

 

बाहिर निस्कने धेरै प्रयास गरेकाको अवस्थामा स्थानीय र हेर्न जानेलाई आक्रमणको जोखिमलाई मध्यनजर गरी केज (खोर) मा राखेर उद्धारको प्रयासका लागि बनको प्राविधिकको टोली नपुगेसम्म खोरभित्रै रहेको स्थानीयरमेश पौडेलले जानकारी दिनुभयो ।

कालिजको फार्ममा कसरी चिुतवा पस्यो भन्ने बारेमा हरियाली फार्मका कर्मचारी नै चकित परेका छन् । सबैतरिबाट तारजाली लगाइएको अवस्थामा भित्र चितुवा देखेपछि कर्मचारीको भागाभाग भएको थियो । फलाम र जालीमा पटक पटक ठोकिदा थकित भएको देखिएपनि मान्छे आसपासममा देख्दा झम्टिन आउने गरेको स्थानीयले बताएका छन् ।

हरियाली समुहका सञ्चालकले प्रहरीले खबर गरेसंगै वन टोलीले चितुवालाई उद्धार गर्न चितवनबाट प्रविधिक टोलीको सहायता मागिएकाले चितुवालाई (इन्जेक्सन दिनुपर्ने अवस्थामा देखिएको जनाइएको छ । चितुवाले कति कालिज मार्यो भन्ने बारेमा उद्धार गरेपछि मात्रै हेर्न सकिने हरियाली समुहले जनाएको छ ।

भिडियो र तस्वीर सौजन्य अमन खड्का 

Leave a Reply