अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पहिरो पीडितलाई कुहुँको प्रगतिशिल महिला सहकारीले सहयोग

On: September 11, 2020 3:15 PM
Follow Us:
---Advertisement---

मंगला गाउँपालिका-१ कुहुँको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाले पश्चिम म्याग्दीका बाढीपहिरो पीडितलाई २० हजार आर्थिक सहयोग गरेको छ।

गएको असार २५ गते राती पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिमलाई प्रति वडा १० हजारको दरले सहयोग गरेको सहकारीकी सहसचिव दिलकुमारी खत्रीले जानकारी दिनुभयो ।

सहयोग रकम गाउँपालिकाको खातामा जम्मा गरिएको छ । सहकारीले विगतमा स्थानीयस्तरमा महिलालाई विभिन्न तालिम तथा सहयोग गदैं आइरहेको अवस्थामा यसबर्ष धेरै क्षती भएको वडामा सहयोग गरिएको सहकारीकी अध्यक्ष पूर्णमायाँ शेरपुञ्जाले बताउनुभयो ।

उहाँले सहकारीमार्फत भविस्यमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो । कुहुँमा २०६९ सालमा स्थापना भएको सहकारीमार्फत उत्पादनमुखी क्षेत्रमा लगानी भइरहेको छ ।