म्याग्दीको मालिका गाउँपालिका-७ धुनोट गाउँमा पहिलो पटक केन्द्रिय प्रसारणको विद्युत पुगेको छ । जलविद्युतबाट निकालिएको विद्युत र टुकीको भरमा रात बिताउन बाध्य धुनोट गाउँका बासिन्दाले केन्द्रिय प्रसारणको विद्युत शुक्रबारबाट बाल्न थालेका छन् ।

विद्युत नपुगेका बस्तीमा विद्युत पुर्याउने गाउँपालिकाको योजना अन्तरगत गत आर्थिक बर्षमा गाउँपालिकाले धुनोट गाउँमा विद्युत विस्तारका लागि ९ लाख विनियोजित गरेको थियो । धुनोट गाउँमा ३९ घरधुरी छन् ।

आग्र्यानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ । यहाँको कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गर्छन । 

विद्युत प्राधिकरण बेनी केन्द्रबाट समेत आवश्यक बजेट सहित पोल, तार लगायतका उपकरणको जडानसँगै केन्द्रित प्रसारण लाइनको पहुँचमा पुगेको वडा अध्यक्ष रेशम जुग्जालीलेबताउनुभयो। ‘बिमबा सबै

बस्तीमा लाइन पुगेको छ,‘पहिरोले क्षती पुगेको स्थानमा पनि धमाधम मर्मत भइरहेको छ’ जुग्जालीले भन्नुभयो।

उहाँका अनुसार गएको असार २५ गते ठूलो जनधनको क्षतीसँगै विद्युतका पोलमा समेत क्षती पुगेपछि मर्मत सुरु गरिएकोमा नौरुङ गाउँ बाहेक अन्य ठाउँको मर्मत सम्पन्न भएको छ । नौरुङ गाउँमा दुईतिन दिनभित्र विजुलीको मर्मत हुने जनाइएको छ । बिममा करिब ४ सय घरधुरी छन् । File photo

Leave a Reply