आफ्ना दिवंगत बुबाआमाको स्मृतिमा म्याग्दीका एक शिक्षकले निर्माणाधिन मन्दिरका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थित जनकल्याण मावि पुलाचौरको प्लस टुका संयोजक शिव बानियाँले पितृपक्ष (सोह्र श्राद्ध)को तीथिमा ऐतिहाँसिक पर्वत राज्यको राजधानी डढेकोट दरबारको कोटमन्दिरलाई स्व.माता टेककुमारी र पिता रुद्रबहादुर बानियाँको स्मृतिमा रु ५ हजार ५सय ५५ सहयोग गर्नुभएको हो ।

शुक्रबार निर्माणाधिन मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा उहाँले सो रकम मन्दिर पुननिर्माण समितिका अध्यक्ष रामप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बेनी नगरपालिका ५ का वडासदस्य रामप्रसाद सुवेदी,पूर्ववडाअध्यक्ष गणेशबहादुर हमाल,महेन्द्र मावि झीँ का शिक्षक एवम् शिक्षाप्रेमी हेमनाथ रिजालको समेत उपस्थिति रहेको थियो । स्थानीय वासिन्दा समेत रहुनुभएका बानियाँ नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति,गैह्रसरकारी संस्था मिलन म्याग्दीका अध्यक्ष लगाएत विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ ।

Leave a Reply