लायन्स कल्व अफ बेनी सिटीले बेनी नगरपालिका-५, प्रसिद्ध धार्मिकस्थल पौलस्त्य पुलह आश्रममा एभोकाडो र रुद्राक्षको बिरुवा रोपण गरिएको छ । क्लवको बार्षिक कार्यक्रम अन्तरगत आश्रम आसपासको ३० वटा बिरुवा रोपण गरिएको हो ।

लायन्स कल्व अफ बेनी सिटीका अध्यक्ष अमित बानियाँ,पूर्व अध्यक्ष सुविन श्रेष्ठ,निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली बजारमा अत्याधिक माग र बहुमुल्य रुद्राक्षलाई आवश्यकता अनुसार मन्दिर आसपासमा भविस्यमा पनि थप गर्न सकिने क्लवका अध्यक्ष बानियाँले बताउनुभयो ।

उहाँले संस्थाका पदाधिकारी, सदस्यलाई धन्यवाद दिदैं लायन्स मार्फत समुदायमा समेत विभिन्न कार्यक्रमबाट लायन्सको अभियान जोड्ने गरिएको बताउनुभयो । कार्यक्रममा कल्बका पूर्व अध्यक्ष सुविन श्रेष्ठले पुराणमा समेत वर्णित क्षेत्र पुलाश्रम ऐतिँहासिक तथा धार्मिक दृष्टिकोणसँगै प्राकृतिक हिसावले पनि उत्कृष्ट गन्तब्य भएकाले पूर्वाधार विस्तार सहितको योजना विस्तारलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । विश्वभरका हिन्दु धर्ममा आस्था राख्नेलाई आश्रमसम्म ल्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिइएको थियो ।

Leave a Reply