सम्पुर्ण अ‍ादरणीयहरूमा
नमस्कार ।
‘पञ्चेका गुण्डाहरूले मान्छे मरासन्न हुने गरि पिटेर तल खाेल्सामा फालेकाे छरे” भन्ने सुनेर सारा गाउँले हेर्न गएछन् । मान्छे भनेर हेर्न गाकाे “माष्टर” पाे रहेछ भन्दै फर्केछन् ।’

‘अञ्चलाधीशले “माष्टर” पक्रने अ‍ादेश जारी गरेछन् । कसरी चिन्ने ? कमेज नयाँ भए पट्लुङ पुरानाे, पट्लुङ नयाँ भए कमेज पुरानाे, चप्पल पड्काउने, झाेला बाेकेकाे र झाेलामा पार्टीको पर्चा हुन सक्ने देख्यौं भने समाते हुन्छ-पक्कै त्याे “माष्टर” नै हाे ।’

माथिकाे दुई प्रसंग मैले किन प्रस्तुत गरेकाे हुँ भने अहिले हामी विश्वले महामारीकाे दर्जा दिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण घरमै बन्दी छाैं । मानिसहरू त लगडाउन भए -भए “माष्टर”हरूले पनि नियम पालना गर्नै पर्‍‍याे-थुनिएकै छन् ।

यस्ताे बेला एकातिर अ‍ाफैले संघर्ष गरि ल्याएकाे तन्त्रकाे जस्लाई अ‍ाफैले कखरा सिकाएर छाेटे राजा बन्न काबिल बनाए साथमा अ‍ाफुलाई माष्टर भन्दा उपल्लाे सम्झने निकायले त अनिवार्य विद्यालय उपस्थित हुनुपर्ने भनेर मानसिक तनाव दियाे-दियाे, अर्काे तर्फ समाजिक सञ्जाल लगायतमा “माष्टरलाई त माेज छ”, घर बसि-बसि तलब पाक्या छ”, “तलव काट्नु पर्छ”, “जस्काे तलव घरै बसि-बसि खुत्रुक-खुत्रुक झरिरहेकाेछ, उनीहरू लगडाउन बढाउनु पर्छ भन्छन् ।” जस्ता अभिव्यक्त भएका भनाईहरूले हिजाेका दिनमा मानिसहरूलाई कस्ताे शिक्षा दिईएछ ? भन्ने एकातर्फ प्रश्न खडा गर्दछ भने अर्काेतिर “माष्टर ” लाई मान्छे नठान्ने साेच समाजबाट नहटेकै हाे त ? भन्ने प्रश्न रहिरहन्छ ।

“घण्टी हान्ने देखि चावि लगाउँदै” एक प्र.अ.ले प्राथमिक स्कुल चलाउँदा कसैले देखेन । “बालविकास सहयाेगी र विद्यालय कर्मचारीकाे तलव भत्ता कति छ ?” कसैलाई मतलव छैन ।

अ‍ाफ्ना गुरुहरूकाे तलवभत्ता र सेवासुविधा त एकादेशकाे कथा भयाे, “शिक्षककाे मर्यादाक्रम कहाँ हाे ?” कसैले चुँसम्म गर्दैनन् ।

“५-६ महिनासम्म तलव खान नपाउँदा नीजि विद्यालयका शिक्षकसाथीहरूकाे बारेमा खै चिन्तन ? खै निकासकाे बारेमा छलफल ?” “शिक्षामा नीजि लगानी गरेका संस्थापकहरूकाे बारेमा खै निकास ?” अधिकांश विद्यालयमा “क्वारेन्टाइन” र “अ‍ाईसाेलेसन कक्ष” छ भन्ने भुसुक्कै बिर्सने ?

“ज्युहजुर गरी पास बनाएर”, १४ दिन क्वारेन्टाईन बसेर” भाेकभाेकै हिडेर बिद्यालय पुगेकाे कहिल्यै चर्चा भएन । एक दिनकाे भए पनि तलव काटेर सहयाेग गरेकाे कहि कतै उल्लेख भएन । विभिन्न माध्यमबाट पुर्‍याएकाे सहयाेगहरू त परै छाेडाैं । बैकल्पिक माध्यमहरूबाट शिक्षण सिकाई गर्दा समेत स्याबास भनेर हाैसला दिईएन् ।

कसरी विद्यार्थीकाे शैक्षिक सत्र सुनिश्चित गर्न सकिन्छ भनेर बहश भएन । यतिसम्मकि विद्यार्थीलाई समेत “लेर्के मेसाेकाे एसईई”, काेराेना एसईई” भनेर खिल्ली उडाउने कार्य भयाे । समाजले कहिल्यै बुझेन- माष्टर घर बस्नु रहर हाेईन, बाध्यता हाे । लगडाउन माष्टरलाई पनि हाे ।

घर मै बसाैं-सुरक्षित बनाैं” भन्ने नारा माष्टरलाई हाेईन ? कि काेराेनाले पनि “याे त मान्छे हाेईन-माष्टर हाे भनी संक्रमित गराउँदैन ? माष्टरलाई मान्छेकाे दर्जा त दिनु भएन-भएन तर याे नबिर्सनुस् कि उ पनि एक अभिभावक हाे, कसैकाे बुबाअ‍ामा, छाेराछाेरी, दाजुभाई, दिदीबहिनी, पतिपत्नी हाे ।

याे नबिर्सनुस् चाहे राणा फाल्न हाेस् या पञ्चायत, चाहे प्रजातन्त्र स्थापना गर्न हाेस् या गणतन्त्र, यहि नाथे माष्टरहरूकाे अमुल्य याेगदान रहेकाे छ । याद गर्नुस् फेरि पनि तपाइँहरूले “माष्टर” कै साेच राख्नु भयाे भने काेराेनाले पुर्याएकाे क्षति भन्दा ठुलाे क्षति समाजमा हुनेछ ।

सधैं विद्यार्थीकाे प्रतिक्षामा रहेकाे

विज्ञापन