आफ्नो जन्मदिनमा महंगो खर्च एक किसिमको फेसन जस्तै छ । धर्तीमा पाइला टेकेको दिनलाई म्याग्दीका एक प्रधानाध्यापकले न्यून तलब सुविधामा पठनपाठन गरिरहेका शिक्षकलाई आर्थिक सहयोग गरी जन्मदिन मनाउनुभएको छ

बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बेनी नगरपालिका–५, पुरूण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका गणेश परियारलाई नगद १० हजार सहयोग गर्नुभएको छ ।

मासिक २ हजार तलबमा अध्यापन गराउँदै आएका परियारलाई विद्यालयमै उपस्थित भई नगद हस्तान्तरण गरेका श्रेष्ठले सामुदायिक विद्यालयमा न्यून तलबमा कार्यरत शिक्षकको समस्यालाई राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।

‘मासिक तलब दुई हजार भन्ने समाचार सुनेर भाबुक भएको थिए,‘उहाँको अवस्थाका बारेमा बुझ्दा आँसु नै खस्यो’ श्रेष्ठले भन्नुभयो ।

सतप्रतिशत दलित विद्यार्थीले पढ्ने विद्यालयमा न्यून तलबसुविधामा कार्यरत परियारलाई वडा सदस्य रिता परियार, विद्यालयका कार्यवाहक अध्यक्ष एवम् जनकल्याण माविका प्रअ कमल पौडेल, शिक्षक संघका सचिव गजेन्द्र श्रेष्ठ, विद्यालयकी प्रअ अम्बिका पौडेल लगायतको उपस्थिीतिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षक परियारले आफ्नो समस्यालाई देखेर सहयोग गर्ने नेपाल शिक्षक महासंघ बेनी नगरका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।‘

तलबले चिया खाने पैसा पनि पुग्दैन्,‘घरको अवस्था पनि नाजुक छ,‘पैसा नभएर क्याम्पस तहको पढाईलाई अगाडी बढाउन सकेको छैन’ परियारले भन्नुभयो ।

प्राप्त सहयोगलेस्नातक तहमा भर्ना हुने प्रतिबद्धता समेत जनाउनुभएको छ । बि.स २०६४ सालमा स्थापना भएको विद्यालयमा २६ जना विद्यार्थी अध्ययरत विद्यालयमा शिक्षक परियार बाहेक स्थायी १, राहत १, बालविकास सहजकर्ता १ कार्यरत छन्।

 

 

Leave a Reply