अविरल बर्षासँगै आएको पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा एकतर्फी गाडि सञ्चालनमा आएको छ । लगातारको वर्षासँगै झरेको पहिरो हटाएपछि आईतबार दिउँसो ३ बजेदेखि नै बाटो एकतर्फी सञ्चालन भएको हो ।

दुई तर्फ नै गाडी सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

तर एकतर्फी बाटो खुला भए पनि गाडीको चाप कम रहेकाले खासै समस्या नरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले साना गाडीहरु भने सञ्चालनमा आएको र ठुला मालबाहक गाडीलाई समस्या परेको उहाँले बताउनुभयो । वर्षासँगै करिब ५ सय मिटर सडक माथिबाट झरेको पहिरो भने पन्छाउने काम जारी छ । पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको छ । मौसम अनुकुल रहेमा सोमबार दिउँसोसम्म काम सकिने र दुईतर्फीनै गाडि सञ्चालनमा आउन सक्ने सुबेदीले जानकारी दिनुभयो ।

Leave a Reply