उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको रुप्से झरनामा बनाइएको खोलामाथिको फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या परेको छ ।

आइतबार रातीको अविरल बर्षासँगै रुप्से झरनाको बाहब बढेसँगै अस्थायी फड्के आसपासको क्षेत्र कटान गरेपछि आवतजावत रोकिएको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

बाढीले पक्की पुल बगाएपछि सम्पर्कबिच्छेद भएको रुप्से–काभ्रे जोड्न स्थानीयले रुप्से खोलामा काठको फड्के बनाएका थिए ।काठको फड्के समेत बगाएपछि दानाकै काभ्रे र हिमाली जिल्ला मुस्ताङ जाने सर्वसाधारणले अन्नपूर्ण–४ नारच्याङको घराप हुदै करिब २ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता भएको छ । फड्को आसपासका क्षेत्रमा खोलाले कटान गरेको छ ।

गएको साउन ५ गते रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो ।

त्यस्तै अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता भएका थिए । बेनी–जोमसोम सडकअन्तर्ग खोलामा अस्थायी ट्याकमार्फत सवारीसधान आवतजावत गर्ने बनाइएपनि बाढीले असर गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

Leave a Reply