बेनी-मालढुंगा-पोखरा सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा सोमबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

आइतबार दिनभरी अवरुद्ध भएको सडक रातीको बर्षासँगै पुनः अवरुद्ध भएपछि आवातजावत गर्ने सर्वसाधारण रोकिएका छन् । करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको छ ।

ठुलो पहिरो खसेकाले अवरुद्ध भएको १० घण्टापछि सुचारु भएको केही घण्टामा अवरुद्ध भएपछि सडक म्याग्दी, मुस्ताङ बागलुङबाट अन्यत्रका लागि छुटेका र अन्यत्र वाट यि जिल्लामा आएका सवारीसाधनहरु रोकिएको त्यहाँ रहेका म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामका धनिलाल गर्बुजाले जानकारी दिनुभयो ।

‘पहिरो खस्ने क्रम रोकिएको छैन्,‘बैकल्पिक बाटो नहुदाँ समस्या भएको छ’ गर्बुजाले भन्नुभयो ।पहिरोस्थलमा प्रहरी सहितको टोली पुगेकाले रोकिएलगत्तै मर्मत सुरु गरिने जनाइएको छ । उक्त स्थानमा पटकपटक पहिरो जाने गरेको छ ।पहिरो सँगै खसेको ठुलो ढुंगा फुटाउन नसक्दा अहिलेपनि सडक एकतर्फि जस्तै बनेको छ ।

Leave a Reply