म्याग्दीको रघुगंगा गाउँपालिका-१ स्थित बेगखोलामा छिनछिनमा पानीको बहाब बढेसँगै सवारीसाधन र पैदलयात्रीलाई समस्या भएको छ।

०७३ साउनमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएपछि बनाइएको अस्थायी पुल समेत पटकपटक बगाएपछि बेनी–जोमसोम सडकखण्ड अन्तरगत उत्तरी म्याग्दी र छिमेकी जिल्ला मुस्ताङबाट आवतजावतमा समस्या हुने गरेको छ । खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रुपमा सवारी साधन वारपार हुने व्यवस्था मिलाइएपनि दैनिकजसो पानीको बाहवले दुईपांग्रे मोटरसाईकललाई ट्याक्टरमा राखेर वारपार गर्ने गरिन्छ । ‘मोटरसाईकललाई खोला तारेको मात्रै ५ सय तिर्नुपर्छ,‘तिब्र बाहवले दुर्घटनाको जोखिम उत्तिकै छ’ उत्तरी म्याग्दीबाट फर्किएका कृष्णराज पौडेलले भन्नुभयो ।

मोटरसाईकललाई ट्याक्टरमा राखेर खोला वारपार गर्नेलाई चालकले ५ सय शुल्क तिर्न बाध्य छन् । यता ट्याक्टर चालकले मोटरसाईकल ट्याक्टरमा हालेर लैजाने र निकाल्दा लाग्ने समय उत्तिकै झन्झट र जोखिम भएको बताएका छन् ।

बेगखोलाको माथिल्लो क्षेत्रका बर्षा हुदाँ वित्तिकै खोलामा भलबाढी आउने गरेको बेगखोलाका वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । उहाँका अनुसार सडकखण्डमा पक्की पुलको पटकपटक माग गरिएपनि सुनुवाई नहुदाँ वडाभित्रका बासिन्दालाई समेत आवतजावतमा समस्या हुने गरेको छ ।

सर्वसाधारण तथा यात्रुलाई पैदलमार्फत पार गर्न सहज बनाउन फड्को समेत बगाएकाले समस्या हुने गरेकाले पक्की संरचना बनाउन ढिलाई गर्न नहुने यात्रुको माग छ। बर्खाको समयमा असार देखि असोज महिनासम्म सवारीसाधन सहज वारपार गर्न सक्ने अवस्था छैन् ।

Leave a Reply