---Advertisement---

बालबालिकालाई नगरपालिकको ट्रयाक, एनआएनए लग्जेम्बर्गबाट ५२ हजार सहयोग

On: September 14, 2020 12:08 PM
Follow Us:

नेपाल बाल संगठनद्धारा सञ्चालित बाहगृहमा बेनी नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा बालगृहका बालबालिकाई न्यानो कपडा (ट्रयाक) वितरण गरेको छ ।

बालगृहको क्षमता विस्तारका साथै विभिन्न रचनात्मक कार्यमा सहयोग गदैं आइरहेको नगरपालिकाले सोमबार एक कार्यक्रम गरी अनाथ बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’मा दिवस मनाएको हो ।

मेयर हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा १३ जना बालबालिकालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, बेनपा–७,८का वडा अध्यक्षद्धय राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, शिक्षा शाखामा अधिकृत शिवप्रसाद रेग्मी, अधिकृत यूवराज थापा, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल लगाएत बाल संगठनका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मेयर श्रेष्ठ, स्वागत नगरपालिका महिला विकास निरीक्षक प्रतिमा शर्मा र सञ्चालन डमसरा पुनले गर्नुभएको थियो । सोही अवसरमा गैर आवासिय नेपाली संघ लग्जेम्बर्गबाट ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

लग्जेम्बर्गबाट बेनपा–१ रत्नेचौरका झलक महतको पहलमा ५२ हजार १८८ रुपैयाँ प्राप्त भएको संगठनका सभापति नेत्रबहादुर महतले बताउनुभयो । कार्यक्रममा बाल संगठनका पदाधिकारी लगायतको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी ७ बालिकासहित १३ बालबालिका आश्रित छन्। बुवाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ । २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेका छन् ।