कोरोना भाइरसको जोखिमका बिच पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकममा खेलकुद प्रतियोगिता गरिएको छ । नेपाल सरकारले लकडाउन खोले पनि भिडभाड नगर्न दिएको निर्देशन उल्लंघन गदैं स्थानीय यूवा क्लवले ताकम माविमा भिडभाडका बिच खेलकुद गतिविधि सञ्चालन गरेको हो ।

छिमेकी जिल्ला बागलुङमा समुदायमै कोरोना फैलिएको अवस्थामा सिमा क्षेत्रमा कडाई गर्नुपर्ने अवस्थामा विद्यालय प्राङ्गनमा कोरोना भाइरसको जोखिमलाई खयाल नगरी मेलाको झल्को दिने गरी प्रतियोगिता गरिएपनि जिल्लास्थित सरोकारावाला निकाय बेखवर बनेका छन् ।

ताकम प्रहरी चौकीको नजिकै आयोजित मेलामा प्रहरी समेत मुखदर्शक बनेर बसेको थियो । स्थानीय युबाको सक्रियतामा आयोजना भएको खेलमा धौलागिरी जनजन यूवा क्लवको  संस्थागत निर्णय नभएको बताइएको छ ।प्रतियोगितामा टोल नं ८ मच्छिमले प्रथम स्थान हात परेको थियो ।

प्रथम स्थान हात पार्नेलाई बोका उपलब्ध गराइएको आयोजनकले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेलाका बारेमा जानकारी नभएको बताउनुभयो । ‘मेलाका बारेमा कुनै जानकारी छैन्,‘तत्काल बुझछु’ प्रजिअ अ अधिकारीले बेनीअनलाइनलाई भन्नुभयो ।

सदरमुकाम बेनी आसपासका क्षेत्रमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारवाही गर्ने, जरिवाना तिराउने गरेकोमा ग्रामिण क्षेत्रमा मेला नै सञ्चालन गर्दा समेत नजिकै भएको प्रहरी चौकीबाट कुनै चासो नदेखाइएको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले रघुगंगा गाउँपालिका–४ दग्नाममा यूवाहरुले परम्परागत धार्मिक कार्यक्रमको निरन्तरताका लागि २ घण्टा कार्यक्रम गर्दा रातारात पक्राउ गरेर संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गरेको भन्दै जरिवान तिराएको थियो ।

Leave a Reply