गएको असार महिनाको २५ गते रातीको अविरल बर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएका पश्चिम म्याग्दीका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालयले ३५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

बाढीपहिरोमा ज्यान गुमाएकाको आफन्तलाई नेपाल सरकारले उपलब्ध गराएको राहतलाई  प्रजिअ उमाकान्त अधिकारीको नेतृत्वमा धवलागिरी र मालिका गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकालाई प्रति मृतक २ लाखको दरले राहत वितरण गरिएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ उपलब्ध गराउने सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

मृतकका आफन्तमार्फत बैंक खातामा रकम जम्मा गरिएको छ । राहत रकम बुझ्नेमा दुई लाख पाउने ७ परिवार, ३ लाख पाउने ३, चार लाख पाउने १ र पाँच लाख पाउने ३ मध्ये दुई परिवारलाई राहत हस्तान्तरण गरिएको छ । मालिका–७ का एक परिवारका सबै चार सदस्यको ज्यान गएको थियो भने धवलागिरी–६ मराङका मृतकका हकवाला विदेशमा छन् ।

परिवारको सबै सदस्यको मृत्यु भएकाले राहत पाउँदैनन् भने विदेशबाट फर्किएपछि वितरण गरिने जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक अधिकारीको बताउनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा धवलागिरी गापाका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, दुवै गाउँपालिकाका उपाध्यक्षद्धय रेशम छन्त्याल, खरमायाँ विटालु, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, मालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्मा, धवलागिरीका गोपाल पौडेल लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहतदिने प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पु¥याएको हो । सरकारले प्राकृतिक विपदका कारण बसेको घर पूर्ण क्षति भए र अर्को घर बनाउन १ लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने छ ।

Leave a Reply