मर्मतका क्रममा पोलबाट खस्दा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको सोमबार साँझ मृत्यु भएको छ ।पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहामा बिद्युत मर्मतका क्रममा पोलबाट खसेर ३५ बर्षिय भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए । मृतक शर्मा साँझ ७.३० बजे मर्मतका लागि पोलबाट खसेका थिए । उनलाई करेन्ट भने नलागेको बताइएको छ ।

मृतक शर्मा नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए । प्राधिकरणमार्फत जनताको घरदैलोमै पुगेर विद्युत सेवा दिने शर्माको मृत्युले पर्वतबासी समेत स्तब्ध भएका छन् । विद्युतका इमान्दार र मेहनती शर्माले सेवाग्राहीलाई दिने सेवा, बोल्ने शैलीका कारण सर्वसाधारण देखि माथिल्लो तहका हाकिम, जनप्रतिनिधि समेत निकै सन्तुष्ट थिए ।

Leave a Reply