अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पहिरो हटाएपछि मालढुंगा–पोखरा सडकमा यातायात सुचारु

On: September 15, 2020 11:47 AM
Follow Us:

अविरल बर्षाका कारण पहिरोले आइतबारदेखि अवरुद्ध भएको पर्वतको सहस्रधारामा पहिरो पन्छाएसँगै यातायात सुचारु भएको छ । निरन्तर खसेको पहिरो रोकिएपछि मंगलबार विहान ११ बजेदेखि सवारीसाधन वारपार भएको पर्वतका प्रहरी निरिक्षक मनिस श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन समस्या भएपछि म्याग्दी, मुस्ताङ बागलुङबाट अन्यत्रका लागि छुटेका र अन्यत्रवाट साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु तीनदिनदेखि रोकिएका थिए ।

माथिबाट गेगर खस्ने क्रम तीन दिनदेखि रहेकोले अझै पनि खसिरहन सक्ने भएकाले यात्रको क्रममा सचेत हुन समेत प्रहरीले अपिल गरेको छ ।सडकबाट झन्डै आधा किलोमिटर माथिबाट खसेको पहिरोले सडकको करिब ५० मिटरभन्दा बढी भाग पुरिएको थियो ।

बाग्लुङ, म्याग्दी र मुस्ताङबाट आकस्मिक अवस्थाका बिरामी थप उपचारको लागि पठाउँदा सोही बाटो हुँदै पोखरा जानुपर्छ। त्यस्ता खालका बिरामी रिफर भएमा सडककै कारण ज्यान समेत जान सक्ने भएकोले पहिरो खस्दै गर्दा पनि पन्छाउँदै, सडक सुचारु गराउनुपर्ने बाध्यतालाई मध्यनजर गरी डोजर पहिरोस्थलमै राखिएको छ ।