मृगौला खरावी भएपछि उपचारर्थ रघुगंगा गाउँपालिका-१ बेगखोलाकी पार्वती विकलाई बेगखोला कल्याणकारी समाज यूकेले झन्डै तीन लाख आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला पूर्णरुपमा खरावीका कारण प्रत्यारोपण र नियमित उपचारमा समेत समस्या भोग्दै आउनुभएकी विकलाई समाजका अध्यक्ष यू बहादुर गर्बुजा, कोषाध्यक्ष नगेन्द्र पाईजा र समाजसेवी योगकुमार फगामीको सक्रियतामा संकलित २ लाख ८१ हजार पीडितको हातमै हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गरेका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले आर्थिक अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि विगतमा समेत कल्याणकारी कोषमार्फत धेरै सहयोग मिलेको जानकारी दिनुभएको थियो ।

‘यो सहयोगले उपचारमा सहज हुन्छ,‘पैसा नभएर मृत्युबरण गर्नुपदैन भन्ने सन्देश दिन सफल भएका छौ’ कल्याणकारी कोषका अध्यक्ष गर्बुजाले भन्नुभयो ।

यसैबीच सहयोगदातालाई धन्यवाद दिदै पीडित विकले रोगसँग लड्न जुटेको आर्थिकलाई सदुपयोग गर्ने बताउनुभयो । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्राप्त सहयोगले सहज बताउँदै प्रवासी बेगखोलाबासीको सहयोग कहिल्यै नभुल्ने बताउनुभयो ।

उपचारमा सहयोग जुटाउन पोखराबाट घर फर्किएको अवस्थामा हाल गलेश्वरमा बसेर बेनी अस्पतालमा डाइलासिस सेवा लिइरहनुभएको छ । मृगौला पीडित विकको दुई छोरी र एक छोरा छन् भने श्रीमान विदेशमा भएपनि कोरोनाको कारण रोजगारी गुमेर बस्नुपरेको छ ।

Leave a Reply