म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ्ग भीरबाट खसेको पहिरोमा परेर गम्भीर घाइते भएकी रघुगंगा गाउँपालिका-१ बेगखोलाकी अममायाँ गर्बुजाको उपचारमा ५ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ।

कामको सिलसिलामा मुस्ताङ गएर फर्किदै गरेको अवस्थामा गएको साउन ३२ गते बेलामा भिरबाट खसेको ढुंगाले लागेर सिकिस्त भएकी गर्बुजामा स्वदेश तथा विदेशबाट उपचारमा ५ लाख ३ हजार ९२५ सहयोग जुटेको हो ।

गम्भीर घाईते अवस्थामा रहेकी गर्बुजाको उपचारमा आवश्यक पर्ने खर्च अभाव भएपछि माईती घर दग्नामबासीको पहलमा उक्त सहयोग संकलन भएको अभियानका संयोजक एवम् दग्नाम दर्मिजा बेनी–गलेश्वर समाजका सचिव धनिलाल गर्बुजाले जानकारी दिनुभयो।

‘पारिवारिक अवस्था पनि नाजुक छ,‘उपचारमा सबैतिरबाट सहयोग प्राप्त भएकाले सहज भयो,‘अभियानमा साथ दिने सबैप्रति आभारी छु’ गर्बुजाले भन्नुभयो । मजदुरीबाट जिवन निर्वाह गर्ने गर्नुभएकी अममायाँको मुस्ताङबाट रोजगारी गरेर फर्किने क्रममा दुर्घटनामा पर्नुभएको थियो ।

बैदेशिक रोजगारको सिलसिलामा विदेशमा गएका श्रीमान समेत सम्पर्कविहिन भएको अवस्थामो एक छोरा, एक छोरीको शिक्षादिक्षा सहित जिवन निर्वाहका लागि मजदुरी गर्दै आउनुभएकी गर्बुर्जाले उपचारमा सहयोग गर्ने सबैलाई धन्यावद ज्ञापन गर्नुभएको छ ।

‘मैले सहयोगबाटै दोस्रो जन्म लिए,‘उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’ घाईते गर्बुजाले भन्नुभयो ।

पोखराको मेट्रो सिटी हस्पिटलमा उपचारर्थ घाईते गर्बुजाको खुट्टा लगायत शरीरभरी चोट लागेको थियो । हाल गर्बुजा खतरामुक्त हुनुहन्छ । दग्जान–दर्मिजा बेनी–गलेश्वर समाजको मुख्य अगुवाईमा सुरु भएको आर्थिक सहयोगमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो ।

सहयोगदाताको विवरण यसप्रकार छ
१) दग्नाम दर्मिजा बेनी गलेश्वर ४८ हजार ५ सय रुपैयाँ
२)दग्नाम दर्मिजा समाज पोखरा ६७ हजार ४ सय
३)दग्नाम दर्मिजा समाज काठमाण्डौ २५ हजार
४)कोरियामा हुने दग्नामीहरुको २५ हजार
५)दग्नामी समाज हङकङ १ लाख ३२ हजार ५१५
६)दग्नाम दर्मिजा समाज यूके १ लाख ६५ हजार ५१०
७)विष्णु गर्बुजा दग्नाम हाल इजरायल ५ हजार
८)सरु सुनार पाखापानी हाल मलेसियउा ५ हजार
९)शिव कुमार तिलिजा दग्नाम हाल अमेरिका १० हजार
१०)देबेन्द्र पूर्जा अन्नपूर्ण गाउँपालिका–८ राम्चे हाल हङकङ ५ हजार
११)सुवित्रा गर्बुजा दग्नाम हाल जापान ५ हजार
१२)पूर्णिमा बुदुजा दग्नाम हाल पोर्चुगल ५ हजार
१३)ममता गर्बुजा तिलिजा दग्नाम हाल जापान ५ हजार

Leave a Reply