भोलीदेखि म्याग्दीको सदरमुकाम बेनीबाट लामो दुरीका सवारीसाधन संचालन आउने भएका छन् । म्याग्दीमा यातायात ब्यवसायीले लामो दूरीको सवारीसाधन सञ्चालनको लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि गएको चैत्र महिनाबाट लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको अवस्थामा असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेसँगै म्याग्दीका यातायात ब्यवसायीले थन्काएको सवारीसाधनलाई मर्मत तथा आवश्यक तयारीमा राखेको बताएका हुन् ।

म्याग्दीबाट काठमाण्डौसम्म सञ्चालन हुने म्याग्दी कोरोला यातायाता प्रालि, धौलागिरी बस ब्यवसायी समिति, म्याग्दी यातायात प्रालि लगायतले जनस्वास्थ्यको सुरक्षाको मापदण्ड अपनाउँदै विश्वकर्मा पूजा गरेपछि बस संचालन गर्ने बताएका छन् ।

मन्त्रीपरिषद्को निर्णयको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा प्राप्त भईनसकेको अवस्थामा काठमाण्डौ प्रवेश गर्ने बस तयारी अवस्थामा भएपनि बिहिबार दिउँसोसम्म टुंगो लाग्ने बताइएपनि यातायात ब्यवसायीले आफ्नो तयारी गरेका छन् ।

घरमा रहेका चालक, सहचालक सहित सवारीसाधनको मर्मतका लागि ग्यारेजमा समेत लगेर पार्किङस्थलमा ल्याइसकेका छन् । म्याग्दीबाट काठमाण्डौ जाने यात्रुले बसको टिकट समेत बुकिङ गर्न थालेको ब्यवसायीको भनाई छ ।

‘महामारीबाट बच्न र बचाउँन सबै सचेत हुनुपर्छ, म्याग्दीबाट सेवा दिने बस तयारी अवस्थामै छन्’ म्याग्दी कोरला प्रालिका सञ्चालन मोहन केसीले भन्नुभयो ।

म्याग्दीमा मोवाईल र अनलाइनबाटै टिकट बुकिङ हुने भएकाले काउन्टरमा भिड लाग्नुपदैन् । सदरमुकाम बेनीसँगै पश्चिम म्याग्दीको दरबाङबाट समेत लामो दुरीका यातायात सञ्चालन हुन्छ ।

लकडाउनमा घर फर्किएकाहरु दशैंतिहारपछि मात्रै काठमाण्डौ जानेको संख्या धेरै हुने भएपनि अति आवश्यक कामले लामो दुरीमा यात्रा गर्नेको संख्या समेत धेरै हुने अनुमान यातायात ब्यवसायीको छ । सरकारले साविकको भाडामभन्दा थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउने जनाएको छ ।

Leave a Reply