afun'ª ahf/ afUfn'ª gu/kflnsf–!) es'08]af6 b]lvPsf] afun'ª ahf/ . t:jL/ M sdn vqL, a]gL, /f;;

बागलुङमा विहिवार ४ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका ३ जना र तमानखोला गाउँपालिका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरु मध्य एक संक्रमितको सम्पर्कमा आएका र तीन जना भारतबाट आएको बताउनुभयो ।

फोकलपर्सन बरालले बागलुङ नगरपालिका–१० का १९ बर्षिय एक जना पुरुष, वडा नम्वर १३ का ५९ वर्षिय पुरुष, वाड नम्वर ६ का ३७ वर्षिय पुरुष र तमानखोला गाउँपालिका–२ का २३ बर्षिय पुरुषलार्ई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु मध्य तमानखोला गाउँपालिकाका २३ बर्षिय पुरुष संक्रमितको कन्ट्याक टे«सिङमा परेपछि गरिएको पिसिआर परीक्षणमा पोजेटिभ आएको होभने बागलुङ नगरपालिकाका ३ जना पुरुष भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुन ।संक्रमित सवैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकलपर्सन बरालले बताउनुभयो ।

Leave a Reply