afun'ª ahf/ afUfn'ª gu/kflnsf–!) es'08]af6 b]lvPsf] afun'ª ahf/ . t:jL/ M sdn vqL, a]gL, /f;;

कोरोना महामारीको कारण लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ ।घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ ।

हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन् । कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ । सङ्घले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङ्घको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङ्घले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।

घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम अघि सारेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत सङ्कलन भइरहेको र आगामी उद्योग वाणिज्य सङ्घको साधारणसभामा सम्मान गरिनेछ । उहाँले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताउनुभयो । सङ्घका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क छ ।

बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन् । हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् ।

Leave a Reply