पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङको भीरमा फसेका एक मानिसको प्रहरीले सकुशल उद्धार गरेको छ ।

मानसिक सन्तुलन ठिक नभएका मालिका–५ देविस्थानका ५० बर्षिय खिमबहादुर परियारलाई छ्यारछयारेबाट डोरीको सहायताले उद्धार गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘भीरमा अलपत्र परेको अवस्थामा सूचना प्राप्त भएपछि टोली खटिएको थियो,‘ पहिचान समेत खुलेकाले जनप्रतिनिधिकोृ जिम्मा लगाएको छ’ प्रनाउ कुँवरले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक होमबहादुर क्षत्रीको नेतृत्वमा गएको टोलीले जोखिम मोलेर भिरबाट निकालेको थियो ।

मालिका गाउँपालिका मार्फत आवश्यक समन्वय गरी मानवसेवा आश्रम पठाउने वा अन्य कुनै ब्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ । यसअगाडी म्याग्दी नदीमा दाउरा खोज्दै गएकालाई समेत प्रहरीले उद्धार गरेको थियो ।

Leave a Reply