हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ ।

त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल सेतो आलुले धेरैको मन जितिसकेको छ । अहिले मुस्ताङको खासगरी सेतो लोकल आलु मार्फा, स्याङ, ठिनी, कागबेनी, मुक्तिनाथ, झारकोट, पाक्लिङ, फल्याक, तिरी, पुराङ (पुरानो मुक्तिनाथ) छोङ्गुर, झोङ, छुसाङ लगायतका दर्जनौ स्थानहरूमा उत्पादन हुन्छ ।

 

मुस्ताङको यिनै गाउँठाउँमा उत्पादन भएको आलुले देशका विभिन्न शहरमा राम्रो भाउ पाएको छ । तर, आलु बिक्री वितरणको सुरुवात खेतबाटै हुन थालेपछि कृषकहरु हिउँदमा के खाने र बिउको लागि के राख्ने भन्नेमा दुविधा सिर्जना भएको बताउँछन् ।

यद्यपि मुस्ताङमा उत्पादन हुने आलुले अहिले देशका विभिन्न शहरहरूमा राम्रो बजार पाउन थालेपछि मुस्ताङी कृषकहरु निकै हर्षित छन् । तर, अर्कोतर्फ सहज रूपमा सडक सञ्जाल सूचारु नहुँदा यहाँका आलु र स्याउ व्यापारीहरुले खेप्नुपरेको समस्याले भने अर्को रुप लिन थालेको छ ।

 

यतिबेला मुस्ताङमै सेतो आलु पाउनका निकै सकस भइसकेको अवस्था छ । गत वर्षहरुमा भदौको अन्तिमबाट खन्न सुरु भएको आलु कार्तिक महिनाभरी खरिद बिक्री हुने गर्दथ्यो । अझ देशभरीका पर्यटकहरुले कोसेलीको रूपमा लैजाने आलु यसवर्ष मुलुककै अन्य जिल्लाहरुमा भनेजस्तो उत्पादन नभएपछि मुस्ताङको आलुले राम्रो बजार पाएको हो ।

मुस्ताङका अधिकांश कृषकहरु कृषि पेसामै निर्भर रहेका छन् । तर, यसवर्ष मुक्तिनाथ र जोमसोम आसपासका गाउँमा आलु कम उत्पादन भएको छ । कृषकहरुको खेतमा आलु उत्पादन कम भएपछि दुई सातामै मुस्ताङको आलु सकिएको व्यापारीहरु बताउछन् ।

 

गत वर्षहरुमा आलु उत्पादन गरेर बजारसम्म पु¥याउन गाह्रो थियो । उनीहरूका अनुसार पहिले आलु किन्न व्यापारीहरु असोज महिनामा मात्रै आउथे । तर, यो वर्ष कतिपय कृषकहरुले अत्तालिएर साउन महिनाको सुरुवातबाटै सस्तो भाउमा आलु बिक्री गरेको बताउछन् ।

बर्सेनी आलु र स्याउ बिक्री गर्ने मुस्ताङका व्यापारी गोपाल पुनका अनुसार यस बर्ष आलु उत्पादनमा ह्रास आएको भन्दा पनि अन्य जिल्लाहरूमा पर्याप्त उत्पादन नभएको हो । पुनले भने, ‘गत बर्षहरुमा बाहिरी जिल्लाबाट आउने व्यापारी र मुस्ताङका सीमित व्यापारीले मात्रै खरिदबिक्री गर्थे । त्यसैले खासै समस्या हुने थिएन ।’

 

पहिले आलु र स्याउ बगैंचामै मोलतोल हुन्थ्यो । समय आएपछि मात्र देशका बिभिन्न सहरमा पनि बिक्री हुन थालेको हो । यस बर्ष लामो समय लक डाउनका र देशभर भरी वर्षा हुँदा आलु उत्पादन हुने प्रमुख जिल्लाहरूमा समस्या देखिएको पुनले बताए ।

उनले भने, ‘रोल्पा, बागलुङको काठेखोला र भारताबाट आलु नआउँदा देशभर आलुको समस्या देखिएको हो ।’

‘खासगरी बेनी, बागलुङ र कुश्मालगायतका जिल्लामा म्याग्दीको सिख घाराको आलुले पुग्थ्यो । अन्य जिल्लामा भने भारत र देशका अन्य जिल्लाबाट होलसेल मूल्यमा नै आलु पाइन्थ्यो’, पुनले भने ।

 

उनले थपे, ‘अहिले लकडाउन र वर्षा धेरै भएकाले पनि आलु उत्पादनमा ह्रास आएको हो । एकातिर भारतबाट आलु नआउने र अन्य जिल्लामा आलु पर्याप्त नपाउनाले मुस्ताङको लोकल आलुले भाउ पाएको छ ।’

बजारमा आलु नभएपछि अहिले मुस्ताङको आलुको भाउमा समेत धेरै उतारचढाव आएको छ । ब्यापारी पुनका अनुसार, सामान्यतय मुस्ताङमा लोकल आलुलाई यतिबेला पाथीको १ सय ६० देखि १ सय ८० सम्म बिक्री वितरण भैरहेको छ । सोही आलु गत वर्षहरुमा पाथीको १ सय ४० देखि १ सय ४५ रुपैयाँसम्म पर्दथ्यो ।

 

मुक्तिनथको आगनमा आलु बेच्न भ्याइनभ्याई

सेतो लोलक आलुको लागि प्रख्यात मानिएको अर्को ठाउँ हो, मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ । यहाँ उत्पादन हुने सेतो लोकल आलुले हरेक बर्ष आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै आएको थियो ।

यहाँ उत्पादन हुने आलु बाहिरी ब्यापारीलाई कमै मात्र बिक्री हुन्थ्यो । बाँकी सबै मुक्तिनाथ आसपासका होटेल तथा रेस्टुरेन्टहरुमा बिक्री हुन्थ्यो । आफ्ना आफन्तनहरुलाई कोसेलीको रूपमा लैजान मिल्ने सेतो लोकल आलुले धेरैको मन जितेको थियो । तर, यो वर्ष भने कोरोना महामारीका कारण त्यसो हुन सकेन ।

लामो समय लकडाउन भएपछि आलु बिक्री हुँदैन कि भन्ने डर स्थानीयमा थियो । तर, सोचेको भन्दा फरक परिस्थिति सिर्जना भएपछि मुक्तिनाथका कृषकहरु दंग छन् । आलु बिक्री हुन्न कि भनेर डराएका मुक्तिनाथका कृषकहरु अहिले आलु खेतबाटै बिक्री भएपछि अर्को वर्षको लागि नयाँ तरिकाले आलु उत्पादन गर्ने सोचमा अहिलेबाटै जुटेका छन् ।

यो वर्ष आलुले राम्रो मूल्य पाएपनि यहाँका कृषकहरु हौ

 

सिएका छन् । एक सिजनमा आफ्नो होटलमा मात्रै ७ सय पाथी भन्दा बढी आलु खरिद गर्नुपर्ने मुक्तिनाथका सफल होटल व्यवसायी सुरज गुरुङले अहिले आलु कहाँ किन्ने हो भन्नेमा कुनै दुविधा नभएको बताए ।

 

किनभने कोरोनाको महामारीमा पर्यटकहरु मुस्ताङ घुम्न नआउने भएपछि यस झन्झटबाट मुक्त भएको उनले बताए । उनले भने, ‘गत सालहरुमा होटलकै लागि भनेर आलु जोहो गर्नुपर्ने अवस्था थियो । अब यस बर्ष आफ्नो परिवारलाई कति चाहिने हो त्यति मात्रै खोजे पुग्छ ।’