बर्खाको भेलले बिगारेको सडक मर्मतमा सम्बन्धित निकायले चासो नदेखाएपछि बेनी नगरपालिका–५, भिरमुनीका यूवा सडक मर्मतमा कस्सिएका छन् ।

अस्पतालमा जाने बिरामी र मलामी जानेले समेत सडककै कारण सास्ती खेप्नुपरेपछि स्थानीय यूवाको पहलमा गाउँसम्म जाने बैकल्पिक सडकको शुक्रबारदेखि मर्मत सुरु गरिएको भिरमुनीका यूवा नविन केसीले बताउनुभयो ।

‘सडकमा हिलोका कारण धेरै नै दुख पाइयो,‘मर्मतका लागि पटकपटक गरेको अनुरोधलाई बेवास्ता गरिएको छ’ केसीले भन्नुभयो ।

सदरमुकाम बेनीबाट गाउँसम्म जाने र गाउँबाट सदरमुकाम आउने सडकमा थुप्रिएको हिलोले बर्खाको समयमा सुकिलो लुगा लगाएर हिड्न कहिल्यै नपाएको भन्दै करिब ७० जना यूवाहरु सक्रिय भएर १.५ किलोमिटर सडक मर्मतमा समुदायले समेत साथ दिएका छन् ।

अर्थुङ्गे–भिरमुनी सडक बाढीपहिरोले तहसनहस भएपछि एकपाटे–सिमबाजा हुदै भिरमुनी जोड्ने शनिबार समेत दिनभी मर्मत गरिने छ । बेनी नगरभित्रका सडक मर्मतमा झन्डै करोडभन्दा बढी खर्च लाग्ने अनु्मान गरिएको छ । बर्खायाममा भत्किएका म्याग्दीका ग्रामिण सडकमा यातायातका साथै पदैलयात्रा गर्न समेत समस्या छ ।

Leave a Reply