लायन्स क्लव बेनी पिस सिटीले रघुगंगा गाउँपालिका-२, भगवतीको सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयलाई दुई सेट कम्यूटर हस्तान्तरण गरेको छ । क्लवको शिक्षा विकास कोषबाट करिब ६४ हजार मुल्य बराबरको कम्प्युटर प्रदान गरिएको हो ।

शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, क्लवका अध्यक्ष खम थापामगर र कार्यक्रम संयोजक कुमार बानियाँले विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठलाई ककम्प्युटरहरू हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीलाई १ सय थान फेसशिल्ड र १० लिटर सेनिटाईजर प्रनाउ कुँवरलाई हस्तान्तरण गरिएको थियो ।प्रनाउ कुँवरले म्याग्दीका सामाजिक संघसंस्थाको सहकार्यमा हरेक सामाजिक अभियान सञ्चालन हुने गरेको बताउँदै सहयोगलाई कोरोनाको जोखिममा फ्रन्टलाइनमा खटिने प्रहरीलाई उपलब्ध गराउने बताउनुभएको थियो ।

क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, पूर्व अध्यक्ष नरेश श्रेष्ठका साथै लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन लोकेश पुन मगरको उपस्थिती रहेको थियो । क्लवले संस्थागत समुदायमा आधारित कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सञ्चालन क्लवका सचिव सन्दिप खत्रीले गर्नुभएको थियो ।

Leave a Reply