संविधान दिवसका अवसरमा म्याग्दीका समाजसेवी एवम् पत्रकार सुरत केसी राष्ट्र यशोवर्दक पदकबाट विभुषित हुनुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा जिल्लाभित्र महत्वपूर्ण योगदान पुर्याउनुभएका केसीलाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो ।

सरकारले लकडाउन घोषणा गरेलगत्तै केसी फन्टलाइनमै कोरोना नियन्त्रणको अभियानमा विगत ६ महिनादेखि सक्रिय हुनुहुन्छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का सदस्य एवम् नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री केसीले कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम भन्दै घरमा ज्यान गुमाएका, बेवारिसे अवस्थामा भेटिएकाको शब पोष्टमार्टमका लागि अस्पतालसम्म लैजाने आफ्नो निजी सवारीसाधनलाई सवबहान बनाएर दर्जनौको उद्धार तथा शबलाई अन्तेष्टी गर्नका लागि घाटसम्म पुर्याउने काम गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् रुप्से दैनिकका अध्यक्ष समेत रहेका केसीले हालसम्म ६१ पटक रक्तदान गरिसक्नुभएको छ । केसीले प्राप्त गर्नुभएको पदकमा देशभरबाट जम्मा दुइजना छन् ।

Leave a Reply