संबिधान दिवशको अबसरमा नेपाल सरकारबाट म्याग्दीका सात जनालाई बिभुषितको सूचीमा पर्नुभएको छ । संविधान दिवशकै अवसरमा सम्माननीय राष्ट्रपतिद्धारा सम्मान गरिने पदकबाटविभिन्न क्षेत्रमा सक्रिय रहेका सात जना विभिन्न पदकबाट सम्मानित हुनुभएको हो ।

निर्मल पूर्जा

सुरत केसी

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्ने अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पूर्जालाई किर्तिमय राष्ट्रदिप पदक, समाजसेवी एवम् पत्रकार सुरत केसी राष्ट्र यशोवर्दक पदक, बेनपा–१० पात्लेखेत स्थायी घरभई हाल बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मालाई जनसेवा  भुषणबाट विभुषित गरिएको छ ।चक्रपाणी शर्मा

विकास थापा

बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भई हाल गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा कार्यरत विकास थाप प्रवल जनसेवा श्री चतुर्थ मानपदवी पदक, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कार्यरत शिवलाल शर्मालाई राष्ट्रसेवक पदक,धवलागिरी गाउँपालिका-७ ताकम घर भई हाल नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत डा.राजन सुबेदीलाई “प्रवल जनसेवा श्री चौथो“ र प्राकृतिक विपत्तीमा ज्यानकै जोखिम मोलेर उद्धारमा खटिए वापत इलाका प्रहरी कार्यालय दरबाङमा कार्यरत हवल्दार खड्क सिंह नेपालीलाई नेपाल प्रताव भुषणबाट विभुषित गरिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचीमा उल्लेख छ ।

डा.राजन सुबेदी

शिवलाल शर्मा

यसअगाडीको समाचारमा पाँचजना भएको सच्चाइएको छ । सम्पादक

Leave a Reply