---Advertisement---

पहिरोबाट विस्थापितलाई करिब साढे दुई लाख सहयोग

On: September 19, 2020 12:57 PM
Follow Us:

बेनी नगरपालिका-४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ ।

गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा रहनुभएका डा. बानियाँको पहलमा संकलन भएको आर्थिक तथा टेन्ट भुपेन्द्र बानियाँमार्फत कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो प्रभावितलाई रजनी चेतना फाउण्डेशनकी अध्यक्ष रजनी थापाले १ लाख ८० हजार बराबरको टेन्ट, डा. बानियाँ र सुनिता बस्नेत २५ हजार, अनुमति जलजला बहुउदेश्यीय सहकारी संस्था १५ हजार, नाम नखुलाई सहयोग १५ हजार, बसन्त कुमार कार्की ५ हजार, अजयराज जोशीले ५ हजार सहयोग गर्नुभएको थियो ।

उक्त नगद सहयोगलाई पुर्नवास अभियानमा खर्च गरिने कोषले जनाएको छ । यसैबीच कोषमार्फत संकलन भएको आर्थिकलाई समेत मोना अन्तराष्ट्रियसँग सहकार्य गरी पुर्नवास अभियानमा जोड्ने अध्यक्ष शाक्यले बताउनुभयो । म्याग्दीमा स्थानीय तहसँगै प्रवासी म्याग्देलीले समेत पुर्नवास अभियानमा आर्थिक जुटाइरहेका छन् ।