छैटौँ संविधान दिवस–२०७७ को अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ । गाउँपालिकाको कार्यालय अगाडी कर्मचारी, जनप्रतिनिधिको उपस्थितीमा दिपावली गरी दिवस मनाइएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

हरेक बर्ष दिवसको अवसरमा गाउँपालिकाले विभिन्न कार्यक्रम गरी मनाउने गरेकोमा यसबर्ष कोरोनाको जोखिमसँगै औपचारिक कार्यक्रम नगरी साँझ दिपावली गरिएको छ । त्यस्तै जिल्लाका अन्य स्थानीय तहले समेत दीप प्रज्वलन गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघले बेनी अस्पतालका विरामीलाई फलफलु वितरण गरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले बिरामीलाई फलफुल वितरण गर्नुभएको थियो ।

राष्ट्रिय दिवस, सार्वभौम संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट पाँच वर्ष पूरा गरेको छ । वि.सं.२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा सरसफाई सहित विविध कार्यक्रम समेत गरिएको छ।

Leave a Reply