---Advertisement---

म्याग्दीका चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई मदन पुरस्कार

On: September 20, 2020 5:50 PM
Follow Us:

यस वर्षको मदन पुरस्कार म्याग्दीका चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

बेनी नगरपालिका–५ पुलाचौर घरभई हाल पोखरामा बस्दै आउनुभएका पूर्व सांसद बानियाँको ‘महारानी’ दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो ।

चन्द्रप्रकाश बानियाँको महारानी, विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु,ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए। निजी क्षेत्रको सबैभन्दा प्रतिष्ठित मदन पुरस्कारबाट सम्भवत साविकको धौलागिरी अञ्चलकै पहिलोपटक म्याग्देली लेखकको हातमा परेको हो ।

सक्रिय राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय रहनुभएका बानियाँद्वारा लिखित ऐतिहासिक बिषयमा आधरित उपन्यास ‘महारानी’ उपन्यासबाट पर्वत राज्यको बिषयमा लेखिएको छ।उपन्यासबाट इतिहासका धेरै कुरा खोजिएकाले समेत बर्षभरी निकै चर्चामा रहेको थियो । बानियाँको उपन्यास ३ सय ६८ पेजको छ ।

लेखक बानियाँले यसअगाडी ‘मृत्यु संस्कार मन्थन’, ‘कुलपुजा’, ‘एतिहाँसिक पर्वत राज्य’ प्रकाशित भइसकेको छ भने केही दिनमा निबन्ध संग्रह ‘भौज्या’ प्रकाशनको तयारीमा छ । लेखक बानियाँले स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा तत्कालिन पर्वत राज्यको इतिहास लगायत धर्म,दर्शन र समसामयिक विषयमा आलेखहरु लेख्दै आउनुभएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।