बागलुङ जिल्लाको दोस्रो ठूलो शहर बुर्तिबाङ बजारमा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा आज (सोमबार) गरिएको पिसिआर परिक्षणमा ढोरपाटन नगरपालिका–१ का १३ जना र वडा नम्बर ४ का १ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

फोकलपर्सन बरालले ढोरपाटन नगरपालिका–१ का ३०, २८, २४, ३१, ३३ र ३३ बर्षिय ६ जना पुरुष र ४२, ३१, ५८, २१, २८, १९ र २४ बर्षिया ७ जना महिला तथा वडा नम्बर ४ का ३१ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरु मध्य ३ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, २ जना निजी मेडिकलका स्वास्थ्यकर्मी, २ जना ढोरपाटन नगरपालिकामा कार्यरत कर्मचारी, २ जना इलोक्टोनिक पसलका, २ जना होटल व्यवसायी, एक जना बैंकका सुरक्षा गार्ड, एक जना मासु व्यवसायी हुनभने एक जना भारतदेखि आइ क्वारेन्टनमा रहेका व्यक्ति रहेको बताउनुभयो ।

गत भदौ २५ गते बुर्तिबाङ बजारमा व्यवसायी गर्ने एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका र समुदायस्तरमा गरिएको परीक्षणमा १४ जनालाई संक्रमण पुष्टि भएको फोकल पर्सन बरालले बताउनुभयो । बुर्तिबाङका व्यवसायीलाई अत्याधिक ज्वरो आएपछि स्थानिय मेडिकिलमा उपचार गराइरहेपनि निको नभएपछि बुटलको लुम्बीनी अञ्चल अस्पतालमा उपचार गराउन गएको बेला पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply