आगामी पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको सूचनासँगै जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

म्याग्दीमा सोमबार साँझदेखि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि भिषण वर्षाको सम्भावनालाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाका सबै ६ वटै स्थानीय तहलाई पूर्वतयारी सहित समुदायस्तरमा विभिन्न माध्यमबाट सूचना जारी गर्न समेत अनुरोध गर्नुभएको छ ।

‘अगामी पाँचदिन उच्च सर्तकता अपनाउन अनुरोध गर्दछु,‘सबै पालिकाका प्रमुखलाई प्रशासनमा प्राप्त सूचनाका बारेमा जानकारी समेत गराइसकेको छु’ प्रजिअ अधिकारीले बेनीअनलाइनलाई भन्नुभयो ।

उहाँले स्थानीय सञ्चारमाध्यमबाट सूचना, प्रहरीमार्फत ग्रामिण क्षेत्रमा रहेका चौकीलाई समेत सन्देश प्रवाह गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

‘उच्च जोखिममा रहेका बस्ती आसपासका क्षेत्रबाट सूरक्षित स्थानमा जान अनुरोध गर्दछौ,‘बर्खाको समयमा जोखिममा रहेका बस्ती आसपासमा बस्न उचित हुदैन’ प्रजिअ अधिकारीले भन्नुभयो।

तटिय क्षेत्र आसपास र विगतमै जोखिम मानिएका बस्तीमा बाढीपहिरोको सम्भावना समेत रहेकाले आफ्नो ज्यानको सुरक्षा गर्न समेत अपिल गर्नुभएको छ ।

विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ ।

सोमबार साँझदेखि सदरमुकाम बेनी आसपासका क्षेत्रमा हावाहुरी वर्षाको सम्भावना रहेको छ । यसैबीच जिल्लाका स्थानीय तहले समेत वडास्तरमार्फत समुदायलाई सर्तक हुन अपिल गरेको जनाएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ । ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बाढी पूर्वानुमान महाशाखाको बुलेटिन तल पढ्नोस् ।

Leave a Reply