बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले पालिका भित्रका विद्यालयहरु सञ्चालनमा ल्याएको छ ।                                बरेङ गाउँपालिका कार्यपालिकाको शुक्रबारको ४२ औं वैठकले पालिका भित्रका विद्यालयहरु आईतबार देखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय अनुसार आईतबार देखि पालिका भित्रका विद्यालयहरु सञ्चालनमा आएका छन् ।      गाउँपालिकाको शिक्षा शाखा र पालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलपछि विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘बरेङमा अहिले त्यस्तो कोरोनाको ठूलो सन्त्रास छैन, हामीले पटक पटक समुदाय स्तरमा पनि कोरोना परिक्षण गरेका छौं,’ शर्माले भने,‘अब विस्तारै कोरोनासंगै सबै प्रकारका गतिविधिहरु अगाडी बढाउनुपर्ने अवस्था आएको छ । त्यसले गर्दा आईतबार देखि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेका छौं ।’                            आईतबारबाट खुलेका विद्यालयहरुले के कसरी पठन पाठन अगाडी बढाउन सकिन्छ भन्ने विषयमा असोज १५ गतेसम्म कार्ययोजना पेश गर्ने उनले बताए ।                                                         ‘धेरै विद्यार्थी भएका विद्यालयहरुको सवालमा १४ दिनसम्म निश्चीत संख्यामा विद्यार्थी बोलाउने र पठन पाठन गराउने, १४ दिनसम्म पढाएपछि शिक्षक विद्यार्थीको स्याम्पल टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आयो भने अर्को समुहलाई बोलाएर पढाउने भन्ने विषयमा छलफलहरु भएका छन्, अवस्था हेरेर विद्यालयले वडाको समन्वयमा योजना बनाउँछ,’ शर्माले भने । source: baglungpost.com

Leave a Reply