बाग्लुङको बडिगाड गाउँपालिका–२ राक्से गाउँमा माथिबाट आएको बाढि र पहिरोले क्षति पुराउँदा चार घर परिवार विस्थापित भएका छन् । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जीतबहादुर वि.क., धन बहादुर घर्ती र धनबहादुर थापाको घर पहिरोले उच्च जोखिमा पुराएपछि ती परिवार विस्थापित भएका हुन् ।

सल्लेरीको जंगलमा गएको पहिरो विचमै थुनिएर पानिसहित खसेपछि ती घर परिवार विस्थापित भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

पहिरो र बाढीले पोलसहित तार पनि बगाएकोले स्थानीय लघु जलविद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्याङ्की पनि बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ ।यहीबीच सो पहिरोले १५ घण्टादेखि पूर्ण अवरुद्ध बनाएको मध्यपहाडि लोकमार्ग भर्खरै एकतर्फी रुपमा सञ्चालनमा आएको छ । विहानैदेखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन् ।

Leave a Reply