म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा आर्थिक अभाव भएको छ ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरु विकलाई नियमित उपचारसँगै अन्य आवश्यक आर्थिक अभाव परिवारले सहयोगको याचना गरेका छन् ।

गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि अस्पतालबाटै अपिल गरेको सरु बचाउन अभियानका सदस्य सिजन रोकाले बताए।

‘ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेकी बालिकाको उपचारमा सहयोगको अपिल गरेका छौ,‘घरको आर्थिक अवस्थाले उपचार सम्भव नै छैन’ रोकाले भने ।

समान्य रोग सम्झिएर अस्पतालमा पुगेका मनबहादुरलाई चिकित्सकले ब्लड क्यान्सर भएको बताएपछि रुदै आफन्तमार्फत सहयोगको याचना गरेका थिए। बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेकी थिईन् ।

डेढ महिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्। ‘घरमा भएको पैसा सकियो,‘अब छोरीको उपचारमा सहयोगदाताकै भर परेका छौ’ रन्जु विकले भनिन् ।

उनले अस्पतालमा पुगेपछि मात्रै रोगका बारेमा थाहा भएको बताईन् । सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएको अवस्थामा जटिल रोग लागेपछि सहयोगबाटै छोरीको रोग निको हुने भएकाले सानो–सानो सहयोग गर्न अपिल गरिन् ।

‘समान्य विरामी सम्झिएर काठमाण्डौ आएका थियौं,‘डाक्टरले उपचारमा धेरै खर्च हुन्छ भन्नुभएको छ’ उनले भनिन् ।

नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्चको तयारी गर्न अस्पतालका प्रमुख डा. सुधिर सापाकोटाले अनुरोध गरेको अभियानका अर्का सदस्य कुमार किसानले बताए । यसैबीच सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकमा खाता समेत सञ्चालन गरिएको छ ।

Leave a Reply