मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण म्याग्दीको सदरमुकाम जोड्ने सबै सडक अवरुद्ध पूर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाम जोड्ने सडकका साथै राष्ट्रिय राजमार्ग जोड्ने सडकखण्डको ठाउँ–ठाउँमा अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको सवारी आवागमन सूचना केन्द्रका अनुसार उत्तरी म्याग्दी हुदै मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकखण्ड अन्तरगत जलेश्वर, बेगखोला, रुप्से झरना र पश्चिम म्याग्दी जाने बेनी–दरबाङको घुमाउने भिरमा पहिरो झरेकोले अवरुद्ध भएको छ ।

त्यस्तै बेनी-बागलुङको रत्नेचौर रानीवन, बेनी–मालढुङ्गा–कुस्माको सहस्रधारामा अवरुद्ध भएको छ ।

‘भारी बर्षाले आज दिनभरी सडक मर्मतको सम्भावना न्यून छ,‘अवरुद्ध भएका स्थानहरुको थप सूचना प्राप्त गर्दछौ’ प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भन्नुभयो ।

केहीदिन निरन्तर बर्षाको सम्भावना भएकाले मौसममा सुधार आएसँगै सडक मर्मत गरिने जनाइएको छ ।

Leave a Reply