अविरल बर्षासँगै तीन जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने मध्यपहाडी लोकमार्गको मालढुंगा– कुस्मा सडक खण्ड अवरुद्ध बनेको छ ।

म्याग्दी, मुस्ताङ र बागलुङलाई गण्डकी प्रदेशको पोखरा लगायत देशका विभिन्न राजमार्गसँग जोड्ने पर्वतको कुस्मा नगरपालिका वडा १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण अबरुद्ध बनेको हो ।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

वाटो सुचारु गर्नका लागि स्काभेटर बालाईएको वर्षा रोकिएमा दिउँसो सम्ममा सुचारु हुने सम्भावना रहेको पर्वतका डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

म्याग्दी लगायतका जिल्लाका लागि पोखरा, काठमाण्डौ क्षेत्रबाट आएका सवारीसाधन नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु रातीदेखिनै मालढुंगामा अलपत्र बनेका छन् ।

File photo

Leave a Reply