म्याग्दीमा एकजनामा कोरोना पोजेटिभ देखिएको छ । बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएका बेनी नगरपालिका–३ भकिम्लीका ३० बर्षिय यूवाका कोरोना पुष्टी भएको हो ।

असोज १ गते कोरोना संक्रमण फैलिएको जिल्लाबाट आएका, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत गरी ३० जनाको स्बाब संकलन गरी पठाइएकोमा एकजनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘अहिलेसम्म म्याग्दीमा समुदायस्तरमा कोरोना देखिएको छैन्,‘सर्तकता आवश्यक छ’ लम्सालले भन्नुभयो । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ ।

म्याग्दीबाट हालसम्म १५ सय २३ जनाको स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकोमा १४ सय ९३ जनाको १४ सय १९ जनाको नेगेटिभ आएको छ भने संक्रमतिको पहिलो, दोस्रो, तेस्रो रिर्पोट सहित ६४ जनाको पोजेटिभ आएको छ ।

त्यस्तै एकजनाको संकास्पद र ३० जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताउनुभयो। समुदायमा पिसिआर परीक्षणको दायरा थप फराकिलो बनाइरहेको छ ।

जिल्लाभित्रका विभिन्न स्थानमा भिडभाड हुने क्षेत्रमा कार्यरत करिब ५ सय जनाको समुदायस्तरमै गरिएको स्बाब परीक्षण रिर्पोट समेत नेगेटिभ आएपनि जिल्ला प्रवेश गर्ने कालिपुल बाहेक अन्य नाकाहरु बन्द अवस्थामा छन् ।

संक्रमणबाट बच्न अपनाउनुपर्ने सामान्य माक्स, सामाजिक दुरी लगायत प्रशासनले तोकेका आवश्यक मापदण्डलाई पालना गर्न समेत अनुरोध गरिएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो ।

उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply