बेनी नगरपालिका-१ रत्नेचौरबाट बेनी तर्फ आउदै गरेका एक बृद्ध रानीबन पहिरोमा हिड्ने क्रममा लडेर घाईते भएका छन् ।

बर्षातमा पहिरोले अवरुद्ध भएको बेनी-रत्नेचौर सडकखण्डको रानीबनमा हिड्ने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेर घाईते अवस्थामा उद्धिार गरिएका बृद्धको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाईते अवस्थामा रत्नेचौर प्रहरी चौकी र बेनीबाट खटिएको टोलीले उद्धार गरेर बेनी अस्पतालमा उपचार भइरहेको बृद्धको पहिचान खुलेपछि परिवारको जिम्मा लगाउने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

बृद्ध रत्नेचौर, उपल्लाचौर, अर्जम लगायत आसपासका क्षेत्रबाट बेनीतर्फ आएको हुनसक्ने प्रहरीको अनुमान छ । रानीवनमा पहिरोले सडक अवरुद्ध भएपछि रत्नेचौरबासीले निकै सास्ती खेप्नुपरेको छ ।

Page Liked · 11 mins 

सूचना ! सूचना !! सूचना !!!

मिति २०७७।०६।०६ गते अं. १४:२० बजेको समयमा जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं. १ रत्नेचौरबाट बेनी तर्फ आउदै गरेका बर्ष अं. ५०/५५ को मानसिक अपाङ्गता भएका पुरुष व्याक्ति रानीबन स्थित पहिरोको बाटो हिड्ने क्रममा बाटो देखि अं. २०/२५ मि. तल खसि घाईते अवस्थामा प्रहरीले उद्दार गरी हाल बेनी अस्पताल म्याग्दीमा उपचार भईरहेको हुँदा निजलाई चिन्नु हुने महानुभावहरुले आफन्त सामू जानकारी गराई दिनु हुन जिल्ला प्रहरी कार्यालय म्याग्दी हार्दिक अनुरोध गर्दछ ।

Leave a Reply