बेनी नगरपालिका-१ रत्नेचौरको रानीबनको पहिरोमा घाईते भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । रत्नेचौर सडकखण्डको रानीबनमा हिड्ने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेर गम्भीर घाईते भएका थिए ।

घाईते  बृद्धको वडा अध्यक्ष टेकबहादुर रावल लगायतको सक्रियतामा उद्धार गरी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पतालमा रिफर गरिएको थियो ।

शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका बृद्ध लामो समयदेखि भरियाको काम गर्ने गरेपनि मृतकको नाम र आफन्तको पहिचान खुल्न सकेको छैन् ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले मृतकको परिवारको खोजी भइरहेको बताउनुभयो । ‘उहाँलाई चिन्नेले सम्पर्कमा आउन अनुरोध गर्छौ,‘मृतकको आफन्तहरुको खोजी नभए अन्तेष्टीको प्रक्रियामा जान्छौ’ प्रनाउ कुँवरले भन्नुभयो ।

Leave a Reply