लगातारको बर्षाले बेनी-अर्थुङ्गे सडकखण्ड अन्तरगत आपारुख घुम्तीमापहिरो खसेर सडक अवरुद्ध भएको छ।

सदरमुकाम बेनीबाट अर्थुङ्गे हुदै पाखापानीसम्म जोड्ने सडकखण्डमा एक्कासी पहिरो खसेर अवरुद्ध भएको अर्थुङे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेलले बताउनुभयो ।

‘पहिरोले आवतजावत रोकिएको छ,‘अर्थुङ्गे जोड्ने बैकल्पिक मार्गहरु पनि अस्तब्यस्त छ’ पौडेलले भन्नुभयो ।

नेपाली सेनाको ब्यारेकको ढिल तलको ढिस्को खसेर अवरुद्ध भएपछि घतान, तोरीपानी हुदै झिँ, पाखापानी जाने सवारीसाधनलाई गलेश्वर हुदै काउलेगौडाबाट आवतजावत गर्न समेत अनुरोध गरिएको छ ।

पहिरोले पन्छाउने क्रममा जथाभावी माटो फाल्दा पहिरोको जोखिम बढ्ने गरेको छ । ब्यवस्थित नालीको ब्यवस्थापन नहुदाँ बाढीपहिरोले महारानी तथा मंगलाघाट आसपासका क्षेत्र जोखिममा पर्ने गरेको छ ।

Leave a Reply