म्याग्दीका थप ३० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सदरमुकाम बेनीको क्वारेन्टाइनमा रहेका २२ जना, फन्टलाइनमा खटिएका १ प्रहरी र आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका ७ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो ।

गएको असोज ४ गते संकलन गरिएको सबैको स्बाब नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएका बेनी नगरपालिका–३ भकिम्लीका ३० बर्षिय यूवाका कोरोना पुष्टी भएपछि संक्रमतिको सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा परिवार, छिमेकी, आफन्तको तीनदिनपछि स्वाब संकलन गरिने छ। क्वारेन्टाइनबाट पिसिआर रिर्पोट नआउँदै घरमा पुगेका यूवाको सम्पर्कमा रहेकालाई समुदायमा घुलमिल नहुन समेत अपिल गरिएको छ ।

म्याग्दीबाट यसअगाडी १५ सय २३ जनाको स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकोमा १४ सय ९३ जनाको १४ सय १९ जनाको नेगेटिभ आएको छ भने संक्रमतिको पहिलो, दोस्रो, तेस्रो रिर्पोट सहित ६४ जनाको पोजेटिभ आएको छ ।

धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो ।

उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply