आफ्नो धर्तीमा पाइला टेकेको दिनको अवसरमा एक बालकको जन्मदिन अभिभावकले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकासंग मनाउनुभएको छ ।

बेनी नगरपालिका–६ निवासी भोज बहादुर थापा (कुमार) र आमा हिमा छन्त्यालले छोरा इमरन थापाको जन्मदिनको अवसरमा बालबालिकालाई १० हजार बराबरको लत्ताकपडा, जुत्ता सहयोग गर्नुभएको यूवा कुमार किसानले बताउनुभयो।

बालगृहका १३ जना बालबालिकालाई आवश्यक पर्ने सहयोग हस्तान्तरणको अवसरमा जेष्ठ नागरिक नयनकुमार श्रेष्ठ, सचिव ज्ञान गिरी, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, दलित अगुवा लालु किसान, दलित सञ्जालका अध्यक्ष किसान विक लगायतको उपस्थिती रहेको थियो ।

जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कारलाई टोड्ने बालबालिकालाई सहयोग गरेको बालकका बुबा कुमार थापाले बताउनुभयो । जन्मदिन, विभिन्न उत्सवमा बालगृहमा रहेका अभिभावक विहिन बालबालिकालाई सहयोग गर्ने प्रचलन बढेको छ ।

Leave a Reply