नेपाली कांग्रेसले म्याग्दीको नामै टिकेर विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने बागलुङ र सिन्धुपाल्चोक जिल्लासँगै म्याग्दीलाई समेत विपद् संकटग्रस्त क्षेत्रको सूचीमा नामै टिकेर राख्नुपर्ने माग गरेको हो ।

जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ती बताउनुभयो ।

‘म्याग्दीको नाम टिकेरै राख्नुपर्छ,‘अनेक हिसावले जिल्लालाई उपेक्षा गर्ने प्रयास भएको छ’ रेग्मीले भन्नुभयो ।

मनसुन सुरु भए यता म्याग्दीमा बाढीपहिरोले ठूलो जनधनको क्षती पुगेको अवस्थामा संघीय सरकारबाट समेत एकजना मन्त्री समेत निरीक्षणमा नआएकाले अहिले जिल्लाको नाम संकटग्रस्त सूचीबाट हटेको बताउनुभयो ।

‘अन्य जिल्लामा नगद नै पीडितको हातमा दिने सरकारले म्याग्दीको बाढीपहिरोस्थलमा किन पुग्न सकेन’ रेग्मीले भन्नुभयो ।

कांग्रेसका नेताले अन्य जिल्लामा राख्नु र विपद ग्रस्त जिल्ला घोषणा गर्नुमा फरक भएको बताउँदै तत्काल म्याग्दीमा नाम समावेश गर्न माग समेत गरेका छन् ।

कांग्रेस म्याग्दीले मालिका ,धवलागिरी ,अन्नपुर्ण ,मंगला रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण गएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको थियो ।

सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने सरकारले जनाएको छ ।

असार महिनाको २५ गते मात्रै मालिका र धवलागिरी गाउँपालिकामा बाढीपहिरोबाट २९ जनाको मृत्यु भएको थियो भने जिल्लाभर अझै ६ जना वेपत्ता रहेका छन् । जिल्लाभर १ सय ७० घरधुरीले विस्थापित जिवन विताइरहेका छन् ।

म्याग्दीलाई विपद जिल्ला घोषणा नगरिएको भन्दै सामाजिक सञ्जालमा समेत सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले प्राकृतिक विपत्तीमा सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा पार्टी सचिव मिनबहादुर कार्की,सहसचिव भरतबहादुर रकाल,प्रदेशसभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल ,नेपाल तरुणदल, म्याग्दीका सचिव सुमन बानियाँ,नेपाल विद्यार्थी संघ,म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply