अबिरल बर्षातको कारण पहिरो जाँदा अबरुद्ध भएको बेनी-मालढुंगा र मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड साझँ ५ बजेदेखि सुचारु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नंं १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएराती देखिनै सडक अबरुद्ध बनेको थियो भने पर्वतको जलजला गाउँपालिका वडा नं ८ फर्सेमा खोलामा गेग्रान बगेर आएका कारण सडक अबरुद्ध बनेको थियो ।बर्षा केही कम भएपछि सहस्रधारामा र फर्से खोलाको गेग्रान हटाएर सडकलाई सुचारु गरिएको प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका थिए भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु मालढुंगा र फर्सेमा अलपत्र बनेका थिए । रोकिएका सबै सवारी साधनहरु गन्तब्य तर्फ लागेका छन्।

Leave a Reply